चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक


लेखक : सुन्दराञ्चल      अशोज २६, २०८० मा प्रकाशित     
चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक

धनगढी- असोज २६, चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् ।

यो नाचको पैँयाले साँझपख थारु बस्ती गुल्जार बनिरहेको छ । धेरै वर्षको अन्तरालपछि आफ्नो गाउँमा पुनः सखिया नाच हुन थालेपछि हर्षोल्लास बढेको कैलारी गाउँपालिका –३ खोनपुरका सुजित चौधरीले जानकारी दिए ।

“२०–२५ वर्षपछि गाउँमा सखिया नाच भइरहेको छ” उनले भने, “नाचले यो पटक गाउँ गुल्जार बनेको छ ।” सखिया नाच दसैं – तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । यो नाच मादल र मजिराको तालमा विभिन्न तरिकाले नाचिन्छ ।

सखिया नाच्ने सिजनमा खेतीपातीको काम पनि हुनेगरेको छ । दिनभरी खेतमा काम गरेर थाकेका स्थानीयले साँझपख सखिया नाच हेरेर थकाइ मार्ने गरेका छन् । नाचको कारण गाउँमा रौनक थपिएको चौधरीले बताए ।

साथीसङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात् साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो ।

अहिले सबैजसो थारु गाउँमा राति सखिया नाच नाच्ने गरेको संस्कृतिप्रेमी सोम डेमनडौराको भनाइ छ । उनका अनुसार सखिया नाचमा विशेषगरी पैँया लाग्ने र कान्हाको कथासँग सम्बन्धित गीत गाउने गरिन्छ । सखियाको रौनक, प्रेम, सद्भाव, माया र सौहार्दता अत्यन्त प्रिय र आनन्द अनुभूति गराउने खालको हुने डेमनडौराको बुझाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap