घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०८० मा प्रकाशित     
घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

 फाल्गुन ४,दाङ : घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थापालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको आशंका गरिएको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap