४ फागुन, ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।
राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारिक स्रोतले बतायो । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।