गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक


लेखक : सुन्दराञ्चल      साउन ३०, २०७९ मा प्रकाशित     
गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक

३० साउन, रसुवा ।जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ ।

पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ गणना पश्चात् सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको रोहवरमा गरिएको गणनाबाट तीन लाख २२ हजार एक सय १५  रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष संञ्जिव डिएमले जानकारी दिए । गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ ।

अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap