गैरआवासीय नेपाली संघद्धारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण


लेखक : सुन्दराञ्चल      माघ ११, २०८० मा प्रकाशित     
गैरआवासीय नेपाली संघद्धारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

महादेव गिरी संवाददाता

धनगढी माघ ११, गैरआवासीय नेपाली संघद्धारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। आज बिहीबार एक कार्यक्रम गदै गैरआवासीय नेपाली सङ्घले स्वास्थय तथा जनसंख्या मन्त्रालय काठमाडौंको सहकार्यमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले बताए।

बिरामी हुने धेरैलाई श्वास प्रश्वासको समस्या अधिक हुने र त्यहीं समस्याको समाधानका लागि अक्सिजन प्लान्टलाई प्राथमिकता राखेको बताउँदै , कुनै पनि बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने समस्यालाई कम गर्न अक्सिजन प्लान्ट निर्माण गरिएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष केसीले बताए।

कोरोना महामारीको बेला धेरैले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको बताए । अब सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनि अक्सिजन प्लान्ट नै निर्माण गरिएको सङ्घका अध्यक्ष केसीको भनाई छ।

सेती प्रादेशिक अस्पतालमा अब अक्सिजन नपाएर बिरामीले ज्यान गुमाएको खबर सुन्न पाइने छैन। अक्सिजनको बिरुवा नै रोपेर गैर आवासीय नेपाली सङ्घले गरेको यो सहयोग एकदमै ठुलो रहेको सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर शाहाले बताए। अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको अध्यक्ष शाहाले बताए।

अक्सिजन प्लान्ट १ करोड २० लाखको लागतमा निर्माण भएको हो । जस बाट अब प्रति घण्टा ८ वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएको छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap