विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण


लेखक : सुन्दराञ्चल      फाल्गुन १३, २०७८ मा प्रकाशित     
विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं फागुन १३ गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाबिना नै एक व्यक्ति पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही ९ फागुन सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा

निगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाबिना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए ।

गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाबिना नै एक व्यक्ति पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही ९ फागुन सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवानिगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाबिना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए । गृह

मन्त्रालयको विज्ञप्ति 

यही २०७८ फागुन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा विना नै एक व्यक्ति पुगेको घटना विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको हुँदा घटनाका सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ (नौ) सदस्यीय छानविन समिति गठन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

फणिन्द्रमणि पोखरेल
सहसचिव/प्रवक्ता

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap