गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०८० मा प्रकाशित     
गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ  ५ चैत, माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान कपिलवस्तुबाट उनलाई पक्राउ गरिएको हो ।

उनलाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई यति एयरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई काठमाडौं ल्याउन लागिएको बुझिएको छ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap