गिटी कुटेको पैसा नपाएपछि जलविद्युत् आयोजनाको डोजर स्थानीयको कब्जामा


लेखक : सुन्दराञ्चल      माघ ५, २०८० मा प्रकाशित     
गिटी कुटेको पैसा नपाएपछि जलविद्युत् आयोजनाको डोजर स्थानीयको कब्जामा

जुम्ला माघ ५, चुकेनी जलविद्युत् आयोजनाका ठेकेदारले कामदारको पैसा नदिएपछि स्थानीयले डोजर कब्जा गरेका छन्।

ठेकेदारले पातरासी गाउँपालिका– १ का स्थानीय महिलालाई आयोजनाका लागि गिटी कुट्न लगाएका थिए। तर, लामो समयसम्म पैसा नदिएपछि स्थानीयले डोजर कब्जा गरेको वडाध्यक्ष लालसिंह ऐडीले बताए।

ऐडीका अनुसार ठेकेदारले आयोजनास्थलमा काम गर्न ल्याएका कामदारको रासन–पानीसमेत पैसा दिएका छैनन्। उधारो खाएको रकमसमेत भुक्तानी नगरेपछि स्थानीयले डोजरको चाबी लिएको चुकेनी सहकारी संस्थाका सदस्य जयबहादुर ऐडीले जानकारी दिए।

‘ठेकेदारले मेरो पसलबाट उधारो लिएको ९२ हजार दिएका छैनन्,’ उनले भने, ‘डोजर नसमाती भुक्तानी पाउने सम्भावना नदेखेपछि सबै गाउँलेको सहमतिमा डोजरको साँचो खोसिएको हो।’

ठेकेदारले पैसा आज–आज भोलि–भोलि भन्दै चार वर्ष धकेलेको स्थानीय बुद्धिबहादुर ऐडीले गुनासो गरे। ‘लामो समय हुन्जेल पैसा पाएनौँ। त्यसैले हामीले भन्दा पनि हाम्रा महिलाले ठेकेदारबाट पैसा असुल्न डोजर जफत गरेका हुन्,’ उनले भने, ‘पैसा दिएपछि डोजरको साँचो फिर्ता गर्न समस्या छैन। नत्र साँचो फिर्ता हुँदैन।’

ठेकेदार कम्पनीले वडाध्यक्षलाई राखेर डोजर छुटाउन खोजे पनि पैसा भुक्तानी नगरुन्जेल मध्यस्थता गर्न नसकिने वडाध्यक्ष ऐडीले बताए। उनले भने, ‘मलाई ठेकेदारले गाउँलेसँग काजग गराएर डाेजर छोड्न लगाउनुपर्‍यो भनेर भनेका थिए। तर, गाउँलेले नमानेपछि मैले मध्यस्थता गर्न सकिनँ।’

उनका अनुसार ठेकेदार कम्पनीले चानचुन ३० देखि ४० लाखसम्म तिर्न बाँकी छ। ठेकेदार कम्पनीलाई चाँडै कामदारको रकम भुक्तानी गर्न लगाउने र डोजर पनि फिर्ता गर्न लगाउने गरी समन्वय भइरहेको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णासिंह बोहराले बताए।

यता ठेकेदार मेगा हाइड्रो एन्ड इन्जिनियरिङका प्रबन्धक चन्द्र क्षेत्रीले अन्तिम भुक्तानी प्राप्त नभएका कारण खाएको र कामदारको पैसा तिर्न बाँकी रहेको बताए। उनले भने, ‘आठ लाख दसैँमा तिरेको हो। अब महिलाले गिटी कुटेको पैसा १४ लाख र स्थानीय पसलबाट खाएर तिर्न बाँकी छ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap