गर्मीका कारण बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय,


लेखक : सुन्दराञ्चल      जेष्ठ २४, २०७९ मा प्रकाशित     
गर्मीका कारण बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय,

कञ्चनपुर २४ जेठ, । कञ्चनपुरको स्थानीय तहले गर्मी बढेपछि पठनपाठनमा गर्मिका कारण विद्यालयमा पठनपाठन पढाउन लाइ पनि असहज भएको ले बन्द गर्न निर्णय गरेको हो । गर्मीका कारण बेदकोट नगरपालिकाले भोली बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

गर्मीले, विद्यार्थी, र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको बेदकोट नगरपालिकाले जनाएको छ ।

 

त्यसैगरी भीमदत्त नगरले मङ्गलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । गर्मी बढेसँगै विद्यार्थीहरुलाई समस्या हुने भन्दै भीमदत्त नगरले आगामी शुक्रबारसम्मका लागि बिदा दिने निर्णय गरेको हो ।

यहाँस्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताए । नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap