गएनन् गृहका कर्मचारी, सेनाले घर पुर्‍यायो,निवर्तमान राष्ट्रपति भण्डारीलाई


लेखक : सुन्दराञ्चल      फाल्गुन २९, २०७९ मा प्रकाशित     
गएनन् गृहका कर्मचारी, सेनाले घर पुर्‍यायो,निवर्तमान राष्ट्रपति भण्डारीलाई

काठमाडौं २९ फागुन,  । सात वर्षे कार्यकाल सकेर आज निवृत्त निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई शीतलनिवासबाट बिदाई गर्ने बेला नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म छाड्न गए । राष्ट्रपतिले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गर्न पुगेको छ ।

यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी ओली सरकारले सहसचिवको नेतृत्वमा टिम पठाएको थियो । यसपल्ट भण्डारीलाई छाड्न भने कसैलाई पठाइएन ।

भण्डारी राष्ट्रपति छँदा प्रेस विज्ञ रहेका टीका ढकालका अनुसार नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको हो । ‘मन्त्रालयबाट अरु कोही आउनुभएन, सेनाको टोलीले घरमा ल्याएर छाड्यो,’ ढकालले भने ।

यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई छाड्न गृहमन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोल निवास गएको थिए ।राष्ट्रपतिको स्वागत र बिदाइसम्बन्धी सबै काम शीतल निवासमा हुने भए पनि यसको सम्पूर्ण व्यवस्थापन गृह मन्त्रालयले हेर्छ । मन्त्रालय अन्तर्गत समारोह व्यवस्थापन समितिले यसको जिम्मा लिने गर्छ ।

निवर्तमान भण्डारीको बिदाइ क्रममा भने मन्त्रालयले प्रक्रियागत त्रुटि गर्न पुगेको देखिन्छ ।   अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap