खतरा लेखेर शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकरभित्र गहना फेला ….


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७८ मा प्रकाशित     
खतरा लेखेर  शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकरभित्र गहना फेला  ….

धनगढी चैत्र ९। कैलालीको नवीन साहुको घरअगाडि खतरा लेखेर सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेको छ । मंगलबार बिहान जिल्लाको गोदावरी नगरपालिका(१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन् ।

नवीन साहुको घरको गेटअगाडि नै शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी दिए । उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहनाहरु फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । सो प्रेस कुकरभित्र चार तोला सुन फेला परेको प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

भने त्योसँगै कुकरमा एउटा पत्र समेत फेला परेको प्रहरीले जनाएको छ । पत्रमा नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको छ । वास्तवमा उक्त ८ तोला सुन र नगद शाहुको घरबाट गत मंसीर १४ गते चोरी भएको थियो ।

उनका दम्पती काठमाडौं गएका बेला घरमा लगाएको ताल्चा, ढोका र दराज तोडेर झुम्का, औंठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ ।

तर आज उनै चोरले त्यो सुन र नगद फिर्ता गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap