धनगढी उपमहानगरपालिका वडा नम्बर २ , ३ लगाएत डुवानमा परेका क्षेत्रमा धनगढी उपमहाँनगर पालिकाका मेयर हमालले अनुगमन गरेका छन् । सामान्य वर्षा हुँदा समेत डुबान हुने गरेकोमा उक्त वडाहरुमा डुबानको समस्या बारे बुझ्न मेयर हमालले अनुगमन गरेकाहुन् ।धनगढीका स्थानीयहरूले वर्षौदेखि डुबानको समस्या खेप्दै आईरहकाछन् । सामान्य वर्षा हुँदापनि यहाँका सडकहरू जलमग्न हुनेगरेकोमा यहाँका स्थानीयहरू निकै प्रभावित भएका छन् । धेरे जसोको सामान्य वर्षा हुँदा घर भित्र पानि पस्ने समस्या छ ।
मेयर गोपाल हमालले डुबानका समस्याहरू बारे आफू जानकारी नहुँदा अनुगमन गरिएको र अब उक्त समस्याको समाधानमा जोड दिने बताए । धनगढीका नाला विना नाप जाँच निर्माण गरिएकोले यो समस्सया आएको स्थानीय बताउछन् ।