कोरोना महामारीको असर कम हुँदै जाँदा वर्ष २०७९ को सुरुवातदेखि नै खेलकुद गतिविधिले तीव्रता पाए,


लेखक : सुन्दराञ्चल      चैत्र ३०, २०७९ मा प्रकाशित     
कोरोना महामारीको असर कम हुँदै जाँदा वर्ष २०७९ को सुरुवातदेखि नै खेलकुद गतिविधिले तीव्रता पाए,

चैत ३० कोरोना महामारीको असर कम हुँदै जाँदा वर्ष २०७९ को सुरुवातदेखि नै खेलकुद गतिविधिले तीव्रता पाएको थियो । मैदानभित्रको प्रदर्शन र बाहिरको राजनीतिक घटनाक्रम वर्षभरि नै समाचारको हेडलाइन बने ।

गैरव्यावसायिक खेल गतिविधि हुने नेपालमा अधिकांश खेलहरु सरकारी कार्यक्रममा निर्भर छन् । सरकारले बजेट दिए वा कार्यक्रम दिए यिनीहरु चलायमान हुन्छन् । नत्र चुपचाप । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि नेपालमा सबैभन्दा लोकप्रिय दुई खेल फुटबल र क्रिकेट गतिविधि नै धेरै चर्चामा रहे ।

घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद १७२ स्वर्णसहित त्रिभुवन आर्मी क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भयो ।

२८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजित प्रतियोगितामा ३५ खेलको ३९७ स्वर्णका लागि सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ -एनआरएनए)का ६ हजारबढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन वर्षको अन्तरालमा भएको राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ मंसिरमा कणर्ाली प्रदेशमा आयोजना हुने घोषणा भइसकेको छ ।

क्रिकेटमा विवाद र ‘चमत्कार’को वर्षक्रिकेटलाई सम्भावनाको खेल पनि भनिन्छ । वर्ष २०७९ नेपाली क्रिकेट मैदान भित्र र बाहिर पनि असम्भव झैं लाग्ने र अप्रत्यासित घटनाक्रमबाट गुजि्रयो । वर्षभर अघिकांश समय मैदानभित्र हारको शृंखला र बाहिर नाकारात्मक टिप्पणीबाट गुज्रिएको नेपाल क्रिकेट वर्षको अन्त्यतिर एउटा अभूतपूर्व लयसहित सकारात्मक उर्जाको सञ्चार गर्न सफल भएको छ ।

प्रमुख प्रशिक्षक तीनपल्ट फेरिनु, दुई कप्तान परिवर्तन हुनु र एकदिवसीय मान्यतामा कायम रहने प्रमुख आधारका रुपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग टूमा कमजोर अवस्था यो वर्ष नेपाल क्रिकेट टिमको नियति थियो ।

सात एशोसिएट टिमबीच सन् २०१९ देखि सुरु भएको तीनवर्षे शृंखला कोरोना महामारीका कारण केही समय लम्बियो । लामो शृंखलामा एउटा टिमले ९ त्रिकोणात्मक शृंखलामा ३६ खेल खेल्नुपर्ने थियो । वर्ष २०७९ मा नेपालले लिग टूका ६ शृंखलामा २४ खेल खेल्यो । जेठ-असारमा अमेरिका र ओमानसँग अमेरिकामा खेलेको नेपालले असार-साउनमा नामिबिया र स्कटल्याण्डसँग स्कटल्याण्डमा शृंखला खेल्यो । मंसिरमा नामिबिया र स्कटल्याण्डसँगै नामिबियामा शृंखला खेलेको थियो ।

यी तीन शृंखलापछि नेपाल २४ खेलबाट ८ जितसहित १८ अंक बटुल्दै सात टोली सम्मिलित अंकतालिकाको छैटौं स्थानमा थियो । नेपालले अमेरिकाको शृंखलामा चार खेलमध्ये एक जित र एक बराबरी, स्कटल्याण्डको शृंखलामा ३ हार, १ जित तथा नामिबियाको शृंखलामा ३ हारको नतिजा निकालेको थियो । एक खेल वषर्ाले स्थगित भएपछि अंक बाँड्यो ।

यसबीचमा दुईजना प्रशिक्षक फेरिइसकेका थिए । भदौमा बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका सन्दीप लामिछाने असोजमा पक्राउ परेपछि टिमको कप्तान पनि परिवर्तन भइसकेको थियो । अमेरिका र स्कटल्याण्डको शृंखलामा कमजोर प्रदर्शनपछि पुवुदु दासानायकेले साउनमा राजीनामा दिएपछि सोही महिनाको अन्तिममा भारतका मनोज प्रभाकर प्रशिक्षक बनेर आएका थिए । भदौमा केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला र कात्तिक अन्तिम यूएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जिताए पनि नामिबियामा लिग टू शृंखलामा कमजोर प्रदर्शनपछि उनले पनि राजीनामा दिए ।

लिग टूमा कमजोर अवस्थामा पुगेको नेपालका लागि बाँकी तीन शृंखला एकदिवशीय मान्यता जोगाइराख्न गर या मरको स्थितिमा पुग्यो । २ फागुनदेखि २ चैतसम्म तीन शृंखलाका १२ खेलको तालिका आउँदासम्म पनि प्रशिक्षकको टुंगो लागेको थिएन । नेपाल क्रिकेट संघ क्यानले खुला प्रतिस्पर्धामार्फत २३ माघमा प्रमुख प्रशिक्षक नियुक्त गर्नुअघि १४ माघदेखि नै मोन्टी देशाईले प्रशिक्षण सुरु गरिसकेका थिए ।

 

एकदिवसीय मान्यता जोगाइराख्न नेपालले बाँकी १२ मध्ये कम्तिमा ९ खेल जित्नैपर्ने समीकरण बनेको थियो । त्योभन्दा धेरै जितले विश्वकप छनोटमा सोझै पुर्‍याउन पनि सक्थ्यो । २ फागुनमा नामिबियामाथि २ विकेटको जितसहित सुरु भएको नेपालको निर्णायक यात्रा एक अविश्वसनीय सफलतामा पुगेर टुंगियो ।

२-९ फागुनसम्म नेपालले नामिबिया र स्कटल्याण्डमाथि शतप्रतिशत जित निकाल्यो । १५-२२ फागुनमा यूएई र पपुवा न्युगिनीसँग दुवईमा खेलेको त्रिकोणात्मक शृंखलामा नेपालले ३ खेल जित्यो । दुई शृंखलामा ८ मध्ये ७ जितले नेपाललाई एकदिवसीय मान्यता कायम राख्ने अभियानमा महत्वपूर्ण सफलता दियो ।

दुवईमा खेलेकै टोलीहरुसँग घरेलु मैदानमा शतप्रतिशत जितपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि सुरक्षित गर्‍यो भने जिम्बावेमा असारमा हुने एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमासमेत पुर्‍यायो ।

नेपालले वर्ष २०७९ मा लिग टू अन्तर्गत २४ र यूएईसँग ३ गरी २७ एकदिवसीय अन्तर्राष्टि खेल खेलेको छ । लिग टूका २४ मध्ये १३ जित, ९ हार, १ बराबरीको नतिजा निकालेको छ भने १ खेल वषर्ाले रद्ध भएपछि अंक बाँडिएको थियो । मंसिरमा यूएईसँगको शृंखला नेपालले २-१ ले जितेको थियो । यो वर्ष घरेलु मैदानमा नेपालले ११ खेल खेल्दा १ खेलमात्र हारेको छ ।

वर्षको अन्त्यतिर सिनियर टिमले जस्तै नेपालको यू-१९ टिमले पनि विश्वकपका लागि एसियाली छनोट जितेर अभूतपूर्व प्रदर्शन गर्न सक्यो । यूएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेत सम्मिलित प्रतियोगितामा अपराजित रहँदै नेपाल टिम च्याम्पियन बन्यो र अर्को वर्ष श्रीलंकामा हुने यू-२० विश्वकपका लागि छानियो । नेपालले सन् २०१६ पछि पहिलोपल्ट उमेरसमूहको विश्वकप खेल्न लागेको हो ।

नेपाल टी-२० लिगले क्यान बदनाम

 

वर्षको सुरुमै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालमाथिको प्रतिबन्ध पूर्ण फुकुवा गर्‍यो । आईसीसीले क्यान कार्यसमितिको कामको प्रशंशासमेत गरेको थियो । तर, नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई आयोजना अधिकार सुम्पिएर क्यानले आफ्नो सुधारोन्मुख छविलाई पुनः धमिल्यायो ।

पटक पटक सरेर ९-२७ पुसमा सञ्चालित प्रतियोगिता मुस्किलले सम्पन्न भयो । लुम्बिनी अल स्टार्सले प्रतियोगिताको उपाधि जिते पनि यो प्रतियोगितामा खेल, नतिजा र प्रदर्शनभन्दा पनि अनलाइन बेटिङ र स्पट फिक्सिङको चर्चा धेरै भयो । बेटिङ र स्पट फिक्सिङमा सञ्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसका जतिन अहुवालियानै संग्लग्न रहेको पाइएपछि यो प्रतियोगिता त्यसकै लागि सञ्चालन गरिएको थियो कि भन्ने आशंकालाई बल पुग्यो । नेपालका कीर्तिमानी खेलाडी मेहबुब आलम र उदीयमान खेलाडी मोहम्मद आदिल आलम स्पट फिक्सिङ प्रकरणमा गिरफ्तार भए । उनीहरु ३ लाख धरौटी बुझाएर छुटेका छन् ।

क्यानले साझेदार छनोट गर्न आफूहरु चुकेको स्वीकारेको छ । फिक्सिङ र बेटिङको घटनामा आईसीसीले समेत चासो दिन थालेपछि सेभेन थ्रीका मालिक अहुवालियासहित सबै प्रतिनिधिहरु प्रतियोगिताको बीचैमा भारत भागेका थिए । यो कम्पनीले प्रतियोगिताको पुरस्कारबापतको १ करोड २५ लाख र क्यानलाई बुझाउनुपर्ने ३ करोड ९० लाखमध्ये १ करोड ७० लाख रुपैयाँ अहिलेसम्म भुक्तानी गरेको छैन । लुम्बिनी अलस्टार्सबाहेक अन्य प|mेञ्चाइज टिमले अहिलेसम्म खेलाडीलाई सबै पारिश्रमिक भुक्तानी गरेका छैनन् ।

लथालिंग अवस्थाका बीच प्रतियोगिता समाप्त गरेको क्यानले सेभेन थ्रीसँगको ८ वर्षे सम्झौता भंग गर्ने चरणमा पुगेको छ । त्यसो त प्रतियोगितालगत्तै सेभेन थ्रीले एकतर्फी रुपमा सम्झौता भंग गरेको जानकारी दिएको थियो । फागुन १५ मा सुर्खेतमा बसेको क्यानको साधारणसभाले सम्झौता भंग गर्ने अघिकार कार्यसमितिलाई दिएको छ ।

सन्दीप लामिछानेमाथिको बलात्कार अभियोग

 

राष्ट्रिय टिमका कप्तान तथा प्रमुख खेलाडी सन्दीप लामिछानेले बलात्कार गरेको भन्दै एक किशोरीले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिइन् । भदौ ६ गते गौशालाकै एक होटलमा बलात्कार गरेको आरोप लागेको समयमा सन्दीप भने क्यारेवियन पि्रमियर लिगका लागि वेष्ट इण्डिजमा थिए । एक महिनापछि स्वदेश फर्केका उनी २० असोजमा विमानस्थलबाट पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस

‘स्टारडम’ सम्हाल्न नसकेका क्रिकेटर

कात्तिकमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाए पनि पुस २९ गते उच्च अदालत पाटनको आदेशमा सशर्त रिहा भए । १७ माघमा क्यान कार्यसमितिले सन्दीपको निलम्बन फुकुवा गरी राष्ट्रिय टिमको प्रशिक्षणमा बोलायो । मंसिरमा यूएईसँगको शृंखलाअघि क्यानले रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।

फुटबलमा कहालीलाग्दो पलायन

सिनियर खेलाडीहरुको लगातार विदेश पलायन पछि नयाँ प्रशिक्षक र युवा टिमले पनि जीत निकाल्दा नेपाली फुटबलमा थोरै भएपनि राहत दिएको छ

वर्ष २०७९ को सुरुमै अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व परिवर्तन भयो । तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गरी निर्वाचित भएको पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिबाट धेरै अपेक्षा थियो ।

तर, निर्वाचन भएको एक महिना पनि नवित्दै कार्यसमितिमा मतभेद सुरु भयो । महासचिव, कोषाध्यक्षदेखि सीईओ र विदेश विभाग प्रमुखसम्मको नियुक्तिमा स्वार्थ समूहको खिचातानीको असर नेपाल फुटबलमा देख्न सुरु भइसकेको छ । कार्यसमितिमा अध्यक्ष नेम्वाङलाई बहुमत पुर्‍याउन धौ-धौ पर्न थालेको धेरै भइसक्यो ।

पारदर्शीता, नियमित प्रतियोगितालगायतको नारा पास गरी निर्वाचित भएका नेम्वाङले घरेलु फुटबलको मेरुदण्डका रुपमा रहने शहीद स्मारक ए डिभिजन लिग समयमै सञ्चालन गर्न सकेनन् । सीमित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाहेक पुरुष टिमको उल्लेखनीय प्रदर्शन रहेन । वर्षको अन्त्यतिर लाओस र भुटान बोलाएर त्रिदेशीय प्रतियोगिता जितेको नेपालको प्रदर्शन भने खस्किस्को देखियो । इटलीका प्रशिक्षक भिन्सेन्ट अल्वर्टो एनेसले कार्यकाल सुरु गरेपछि पहिलो प्रतियोगिता खेलेको नेपाल इतिहासमा पहिलोपल्ट भुटानसँग बराबरीमा रोकियो । राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि भदौयता प्रमुख प्रशिक्षक पद खाली थियो ।

फुटबल गतिविधि नहुँदा जीवन धान्न कठिन हुँदै गएपछि राष्ट्रिय खेलाडीको कहाललाग्दो पलायनबाट नेपाल फुटबल प्रताडित छ । त्यसको असर हालै सम्पन्न त्रिदेशीय प्रतियोगितामा मात्र होइन जारी ए डिभिजन लिगमा पनि देखिएको छ । १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिग जेठ अन्तिमसम्म चल्नेछ । यति थोरै समयमा डवल लिगका खेलहरु सञ्चालन हुँदा खेलको गुणस्तर र खेलाडीको सुरक्षामा एन्फा संवेदनशील नभएको आरोप लागेको छ । नेम्वाङले आफ्नो चुनावी नारा बनाएको राष्ट्रिय लिग यो वर्ष सञ्चालन गर्नै सकेनन् ।

नेपाल सुपर लिगको अक्सन गरेर पनि आयोजना हुन नसक्नु, ए डिभिजन लिग समयमा हुन नसक्नु जस्ता कारणले गर्दा खेलाडीहरु विदेश पलायन भए । वर्षको सुरुतिर आशिष लामा सुमन लामा दर्शन गुरुङ र सन्तोष तामाङ अष्ट्रेलिया गएदेखि यसै महिना अस्ट्रेलिया पुगेका सुजल श्रेष्ठ विशाल राई, सुनील बल, सरोज दाहाल रन्जित धिमालसम्म आइपुग्दा पलायन रोकिएन ।

राष्ट्रिय टिमबाट खेलिसकेका एउटा सिंगै टिम पुग्ने खेलाडीसहित करिब ४० को हाराहारीमा खेलाडी विदेशीए । यो क्रम अझै रोकिएको छैन ।

सिनियर खेलाडी पलायनपछि तयार भएको नेपाली राष्ट्रिय फुटबल टोली ।

नेपालमै भएको महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल यस पटक पनि उपविजेतामै सिमित भयो । साउथ एसियाको बलियो टिम भारतलाई सेमिफाइनलमै पराजित गरेपनि फाइनलमा भने नेपाल बंगलादेशसँग पराजित भयो । यस पटक घरेलु मैदानमै उपाधि जित्ने अवसर रहेपनि नेपालको लक्ष्य पूरा हुन सकेन ।

महिला टोलीले यस वर्ष साफबाहेक भारतसँग दुई मैत्रीपूर्ण खेल र पेरिस ओलम्पिकको एसियन छनोटमा भियतनामसँग दुई खेल खेल्यो । भारतलाई दुवै खेलमा बराबरीमा रोकेको नेपालले ओलम्पिकको पहिलो चरण छनोटमा भियतनामसँग घरेलु मैदानमा दुवै खेलमा पराजित भयो ।

उमेर समूहमा नेपालको पुरुष र महिला दुवै टोलीले यस वर्ष साउथ एसिया देखि एसियन छनोटसम्म खेले । तर पुरुष टोलीको प्रदर्शन अझ कमजोर हुँदै गएको छ । उमेर समूहमा महिला टिमले बंगलादेशमा भएको यू-१५ साफ महिला च्याम्पियनसिपको उपाधि जित्नु नै नेपालको लागि ठूलो सफलता बन्यो । यू-२० महिला एसियन कप छनोटमा भने नेपालले पहिलो चरण पार गर्दै दोस्रो चरणमा स्थान बनाएको छ ।

अघिल्लो वर्ष नै सुरु भएको महिला राष्ट्रिय लिगको दोस्रो चरणको खेल यस वर्ष सुरु हुन सकेन र एन्फाको नालायकी पन यसमा पनि देखियो । पहिलो चरणमा गरेको प्रदर्शनकै आधारमा विजेता घोषणा गरियो र दोस्रो चरण खेलाइएन । यसको असर महिलाको राष्ट्रिय टिमको प्रदर्शनमा देखियो । भारत बाहेक अन्य देशसँग नेपालले खेल्न सकेन र सिनियर खेलाडीहरुको लगातार विदेश पलायन पछि नयाँ प्रशिक्षक र युवा टिमले जितेको यो उपाधिले नेपाली फुटबलमा थोरै भएपनि राहत दिएको छ । आगामी जुन-जुलाईमा भारतमा हुने साफ च्याम्पियनसिपका लागि तयारीको रुपमा पनि रहृयो । हुन त ए डिभिजन लिग सकिने बित्तिकै साफ हुने भएकोले नेपालले लिगकै प्रदर्शनको आधारमा टिम छान्नुपर्ने हुनसक्छ ।

यसअघि नेपालले घरेलु मैदानमा बंगलादेश र पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै जित हात पारेको थियो । अन्जन विष्टले बंगलादेशविरुद्ध करियरको पहिलो हृयाट्रिक गरे । पाकिस्तानविरुद्ध पनि अन्जनै गोलमा नेपाल विजयी भयो ।

अन्जनले आई लिगमा मुम्बई केन्क्रेमा अनुबन्ध भएर खेल्दै अर्को व्यक्तिगत उपलब्धि हासिल गरे । गोलकिपर कप्तान किरणकुमार लिम्बुले फेरि एक पटक राउण्डग्लास पञ्जावका लागि खेल्दै आई लिग जिते र अर्को सिनजको इन्डियन सुपर लिग आईएसएलका लागि छनोट गराउन मद्दत गरे । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap