कोनकाकाफ गोल्डकप : मेक्सिकोलाई हराउँदै अमेरिका च्याम्पियन


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
कोनकाकाफ गोल्डकप : मेक्सिकोलाई हराउँदै अमेरिका च्याम्पियन

१८ साउन, काठमाडौं । मेक्सिकोलाई १-० ले हराउँदै अमेरिकाले कोनकाकाफ गोल्डकपको उपाधि जितेको छ । माइल्स रोबिन्सनले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा अमेरिकाले विजयी भएको हो ।

अमेरिकाको अलेजियन्ट स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल नभएपछि ३० मिनेटको समय थप गरिएको थियो ।

त्यसकै अतिरिक्त समयको सकिन तीन मिनेट बाँकी छँदा रोबिन्सनले निर्णायक गोल गर्दै अमेरिकालाई च्याम्पियन बनाए ।

सेमिफाइनलमा अमेरिकाले एसियन राष्ट्र कतार तथा मेक्सिकोले क्यानडालाई पराजित गरेको थियो ।

अमेरिकाले गोल्ड कप उपाधि जितेको यो सातौं पटक हो । मेक्सिकोले सर्वाधिक ११ पटक उपाधि जितेको छ ।

आमन्त्रित राष्ट्रका रुपमा प्रतियोगिता खेलेको कतारका अलमोज अली ४ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap