कैलाली बहुमुखी क्याम्पसमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता..


लेखक : सुन्दराञ्चल      चैत्र १२, २०८१ मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता..

धनगढी १३  चैत , धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि ११ विद्यार्थी संगठनहरुले संगठन दर्ता गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा चैत २७ गते निर्वाचन हुने गरी तयारी अगाडी बढेसँगै आज संगठन दर्ता गरिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस मध्ये कैलाली बहुमुखी क्याम्पसमा पनि स्ववियुको तयारी अगाडी बढेको छ । आज दर्ता गरिएका संगठनमा नेपाल विद्यार्थी संघ पहिलो स्थानमा दर्ता गरिएको छ ।

यस्तै क्रमसः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी ), स्वतन्त्र विद्यार्थी एकता समूह , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), अखिल क्रान्तिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , अखिल (क्रान्तिकारी बैध) र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (छैठौं)ले संगठन दर्ता गरेका स्ववियु निर्वाचन अधिकृत कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सह क्याम्पस प्रमुख तर्कराज भट्टले जानकारी दिए ।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap