कैलाली बहुमुखी क्याम्पसमा बिद्यार्थी नेता तेज मल्लको नेतृत्व मा नेविसङ्घको संगठनले तीब्रता


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०८१ मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसमा बिद्यार्थी नेता तेज मल्लको नेतृत्व मा नेविसङ्घको संगठनले तीब्रता

चैत्र ८, कैलाली बहुमुखी क्याम्पस मा बिद्यार्थी नेता तेज मल्लको नेतृत्व मा नेविसङ्घको संगठन बिस्तार ले तीब्रता पाएको छ । मल्लको नेतृत्वमा क्याम्पस मा बिभिन्न संकायमा क्लास कमिटीलाई बिस्तार लाई तिब्रता दिइएको हो । बिहिबार बिभिन्न संकायका बिद्यार्थीलाई संगठनमा जोड्ने हेतुले संगठन बिस्तार भइरहेको मल्लले बताए। नेविसङ्घ लाई बलियो बनाउनका निमित्त प्रत्येक बिद्यार्थी संग पुग्न जरूरी रहेको र त्यसका लागी आफूहरूले संगठन बिस्तार लाई तिब्रता दिएको उनले बताए। बिहिबार को संगठन बिस्तारका सिलसिला नेविसङ्घ का केन्द्रीय सदस्य घनस्याम बम , कैलालीका नेता रोशन उपाध्याय लगायत अन्य कैलाली नेविसङ्घ का नेताहरूको उपस्थिति र क्याम्पस का सक्रिय नेताहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न जारी राखिएको छ । भने आइतबार समेत संगठन बिस्तार को कार्यक्रम लाई अगाडि बढाइने मल्ल जानकारी दिए । मल्ल कैलाली बहुमुखी क्याम्पस मा लामो समय देखी नेविसङ्घ मा आबद्ध छन भने बिद्यार्थीका निमित्त थुप्रै काम गरिरहेका हुन्छन । उनी आउदै गरेको स्ववियु निर्वाचनमा स्ववियु सभापतिका आकाङ्क्षी हुन । उनी बिद्यार्थीमाझ लोकप्रिय मानिन्छन।

No description available.No description available.rojgar mela

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap