सत्तारुढ गठबन्धन दलहरुको निर्वाचन परिचालन सयुक्त समिति गठन


लेखक : सुन्दराञ्चल      अशोज ३१, २०७९ मा प्रकाशित     
सत्तारुढ गठबन्धन दलहरुको निर्वाचन परिचालन सयुक्त समिति गठन

महादेव गिरी संवाददाता,

धनगढी, ३१ असोज, कैलाली जिल्लास्थित सत्तारुढ गठबन्धन दलहरुको सयुक्त वैठकले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई रणनितिक रुपमा सफल बनाउन जिल्ला स्तरिय निर्वाचन परिचालन सयुक्त समिति गठन गरेको छ ।

सो समितिमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायण दत्त भट्टको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । सदस्यहरुमा नेकपा एकीकृत माओवादीका तर्फवाट लाजुराम चौधरी, नेकपा समाजवादीका तर्फवाट भैरब रावल र राष्ट्रिय जनमोर्चाका तर्फवाट जगत प्रसाद जोशी रहेका छन् ।

No description available.

निर्वाचन परिचालन सयुक्त समिति गठन पश्चात सो समितिको बैठक वसेको थियो । समितिले कैलाली जिल्लाका ५ ओटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन दलमा रहेका क्षेत्र भित्रका केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, पार्टीका जिल्ला पदाधिकारि तथा सदस्यहरुसंग समन्वय गरी अनिवार्य उपस्थित गराउने र निर्वाचनमा परिचालन गराउने निर्णय भएको नेपाली काँग्रेस जिल्ला सचिव केसव राज मिश्रले बताए ।
छलफल कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap