कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी बढ्दै


लेखक : सुन्दराञ्चल      असार २२, २०८२ मा प्रकाशित     
कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी  बढ्दै

कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी बढ्न थालेका छन् । तराई जिल्लाको आदिबासी चौधरी थारु समुदायमा देखिने यो रोगका बिरामी जिल्लामा वर्षेनी बढ्दै गएको स्वास्थ्य कार्यालय का नसर्ने तथा सिकलसेल सम्बन्धि रोगका श्रोत व्यक्ति मिनबहादूर धामीले जानकारी दिनु भयो । चालु आर्थीक वर्षमा थारु बाहुल्य क्षेत्रमा शिविरमार्फत असार नौ गते देखी संचालन भएको स्क्रिनिंग शिविरमा एक हजार दुई सय सतसट्ठी जनाको रगत परीक्षण गरिएको थियो । जसमध्य १४५ जनामा सिकलसेल वाहक ट्रेड देखा परेको धामीले जानकारी दिनु भयो । जिल्लाका आठ वटा पालिकाका ८ ठाउँमा शिविरमार्फत थारु समुदाय बाहुल्य क्षेत्रमा निःशुल्क रगत जाँच गरिएको र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कन्फर्म परीक्षणको लागी पठाईएको समेत उहाँले जानकारी दिनु भयो ।
सिकलसेल पुष्टि भएकाले जीवनभर उपचार गर्नुपर्र्ने हुन्छ । बाहक ट्रेड देखा परेकाले रोग सार्न सक्ने भएकाले महिला र पुरुषले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गर्नुपर्ने हुन्छ ।’ धामिले भन्नु भयो “महिला र पुरुष दुबै जना बाहक ट्रेड देखा परेकाले विवाह गर्दा बच्चाहरु रोगी जन्मन सक्छन् ।’
यो बंशानुगत रोग भएकाले सिकलसेल भएका आमा बुवाबाट जन्मेको सन्तानमा सर्ने बढी सम्भावना हुन्छ । ‘यो प्रायः थारु समुदायमा देखिने गरेको छ ।’ धामीले भन्नु भयो बंशानुगत रोग भएकाले दुबै जनामा सिकलसेल छ भने उहाँहरुबाट जन्मिने सन्ततीमा रोग सर्ने सम्भाना बढी हुन्छ ।’सिकलसेल भएका बिरामीको पूर्णरुपमा उपचार हुँदैन् । जीवनभर उपचार गर्नुपर्ने हुन्छ । रगत रिफ्रेसमेन्ट गरिराख्नु पर्ने हुन्छ ।’ सिकलसेल रोग लागेमा हाडजोर्नी दुख्ने,थकाइ लाग्ने,रक्त अल्पता हुने जस्ता समस्या हुने गर्दछन् । बाहक ट्रेड० भएका व्यक्तिमा खासै समस्या नदेखिने र देखिए पनि सामान्य हुने गर्छ ।चालु आवमै चौधरी थारु बाहुल्य क्षेत्र भएकाका अन्य पालिकामा पनि सिकलसेलको स्किनिङ्ग शिविर सञ्चालन गरिने धामीले बताउनु भयो । ‘ सरकारले सिलकलेल भएका बिरामीलाई १ लाखसम्मको उपचार गर्ने गरेको छ । ‘बिरामीले जीवनभर उपचार गर्नुपर्ने भएकोले एक लाखले नपुग्ने बताउने गरेको र सीपमुलक तालीम दिएर आयआर्जनका कार्यक्रम गरिदिएको भए उपचारसँगै जीविकोपार्जमा सहज हुने बिरामीले बताउने गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap