कैलालीमा आपसी विवादका क्रममा चक्कु प्रहार..


लेखक : सुन्दराञ्चल      चैत्र ६, २०७८ मा प्रकाशित     
कैलालीमा आपसी विवादका क्रममा चक्कु प्रहार..

 धनगढी६ चैत, । कैलालीमा आपसी विवादका क्रममा चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । आइतबार दिउँसो लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापालाई लम्की बजारको टीकापुर सडकमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लम्कीचुुहा नगरपालिका–१ कै २३ वर्षीय प्रेम रावलले थापामाथि चक्कुु प्रहार गरेको जानकारी दिए । चक्कुु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । उनको दाया गालामा चोट लागे पनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गरेको आरोप लागेका रावललाई भने इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap