गर्मीका कारण नियमित विद्यालय आउन छाडे विद्यार्थी


लेखक : सुन्दराञ्चल      जेष्ठ १६, २०८१ मा प्रकाशित     
गर्मीका कारण नियमित विद्यालय आउन छाडे विद्यार्थी

जेठ १६ धनगढी  ,कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

केही विद्यालयमा टिनका छाना छन्। अझ बिजुली गएका बेला बस्नै कठिन छ। कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। त्यसैकारण विद्यार्थी नियमित आउन छाडेका छन्।

वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवाले मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने बताउँछन्। ‘गर्मीले पढ्नै सकिँदैन। दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेञ्चमा बस्नै गाह्रो हुन्छ’, उनले भने। अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनसमेत माग गरेका छन्। ‘यस्तो वेलामा बिहानी कक्षा सञ्चालन गरे हुने हो’, अभिभावक रमेश चौधरीले भने।

टिकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ। टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ’, उनले भने।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap