कैलालीको धनगढीमा आजदेखी चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने


लेखक : सुन्दराञ्चल      माघ ३, २०८१ मा प्रकाशित     
कैलालीको धनगढीमा  आजदेखी चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने

३ माघ  ,कैलालीको धनगढीमा भोलीदेखी चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने भएको छ । ओशो धारासंघ नेपाल र सुदुरपश्चिम प्रदेश मुख्य सचिवको आयोजनामा भोली माघ ३ गते देखी ६ गतेसम्म चार दिवसिय योग प्रज्ञा साधना कार्यक्रम हुने भएको आज पत्रकार सम्बेलन मार्फत जानकारी दिइएको हो । धनगढी उपमहानगर पालीका ४ उत्तर बेहडीस्थीत आफ्नो घर टेम्पल रिसोर्टमा दैनिक बिहान ७ बजे देखी बेलुका ७ बजेसम्म ६ गतेसम्म पहिलो लेवलको योग प्रज्ञा साधना तालिम दिइने भएको हो ।

तालिममा ओसो धारासंघ नेपालको संयोजक गुरुदेव ओसो अखण्ड,ओसो धारासंघ नेपालका संस्थापक उपाध्यक्ष सिनियर आचार्य श्री निर्दाराम नन्द, आचार्य पबित्र निलम निर्मला बागचन्द, आचार्य इन्दु प्रिया लगायतको टिम रहेको छ । आचार्य गुरुदेव ओसो अखण्डले धनगढीबासीहरुमा आध्यात्मको प्रचार सहित आध्यात्मको आवश्यकता महसुस गरेर कार्यक्रम गरीन लागिएको बताए । संयुत राष्ट्र संघ युएनले सबै मानिसले एकैचोटी ध्यान गर्नुपर्छ, ध्यान मनाउनुपर्छ भनेर यसै बर्ष देखी बिश्व ध्यान दिवस मनाउन घोषणा गरिएको बताए ।

ध्यान गर्नुपर्छ भन्ने कुरा बुढो भएपछि मात्र गर्छन् भन्ने कुरा र परम्परालाई हटाएर जानुपर्ने भन्दै सबैका लागी आवश्यक रहेको उनले बताए । आजको मानिसलाई मेडिसिनको उपचारबाट सम्भव नभएकाले योग र ध्यान तथा साधनाबाटै सम्भव हुने उनको भनाई छ ।

एक घरपरिवारमा तिन जनाको परिवार छ भने एउटा मान्छेलाई डिप्रेसन छ आज भोली उनले भने,डिप्रेसनले सुसाईटसम्म जानसक्ने सम्भवना बढेर गएकाले डक्टरहरुबाट यस्को उपचार सम्भव नभएकाले मेडिटेसन तथा ध्यानबाटै मात्रै उपचार सम्भव र आवश्यकता छ । यो भन्दा पहिला युरोप,बेलायत भएर अहिले नेपाल आएकोमा एक हप्ता अगाडी बुटबलमा रहेको बताए ।

चारदिन धनगढीमा रहने र यसपछि पोखरा, काठमाण्डौँ कार्यक्रम सकेर फेरी युरोप जाने कार्यक्रम भएको बताए । सारा मानिसको धन,सम्पत्ती,पद प्रतिष्ठा भएपनी मनमा शान्ती, आनन्द हुन नसकेकोले बिभिन्न रोगबाट ग्रसित हुनुपरिरहेको बताए । रोग मनमा भएपनी उपचार शरिरमा भएकाले कदापी मानिस निको हुन नसक्ने भएको छ । त्यसैले आज बिकसित मुलुकमा प्रत्येक ४० सेकेण्डमा डिप्रेसनका कारण एउटा मानिस सुसाईट गर्ने भएकाले यही उदेश्यका साथ नेपालका बिभिन्न स्थान र संसारै भरी योग प्रज्ञा र ध्यान कार्यक्रम गरिरहेको बताए । तालिममा सहभागीहरुले खाजा, खानाको ब्यवस्था आफैले मिलाउनुपर्ने र दैनिक १ हजार तालिम शूल्क रहने बताइएको छ ।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap