कैलालीको धनगढीमा छ वटा आधुनिक शौचालय निर्माण


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०८१ मा प्रकाशित     
कैलालीको धनगढीमा छ वटा आधुनिक शौचालय निर्माण

धनगढी चैत ९, कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। उपमहानगरपालिकाले सहरी क्षेत्रमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भइरहेको समस्यालाई मध्यनजगर गरेर आधुनिक शौचालय निर्माण गरेको हो।

जसमध्ये दुई वटा शौचालय स्थलमा खानेपानी उपलब्ध हुने वाटर एटीएमसमेत राखिएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले पाँच वटा शौचालय धनगढी उपमहानगरपालिकाको कार्यालय र एउटा जाइकाले बनाएको बताए। आधुनिक शौचालयमा सानो चमेना गृह सञ्चालन गर्नसक्ने सटर र एक जना बस्न सक्ने कोठासमेत बनाइएको छ।

महिला, बालबालिका, पुरुष र फरक क्षमताका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने गरी सुविधायुक्त शौचालय बनेको इन्जिनियर भट्टको भनाइ छ ।पहिलेका शौचालय जस्तो यी शौचालय नहुने र  सरसफाइमा विशेष ध्यान दिइने उनले बताए।धनगढी उपमहानगरपालिकाले बनाएको पाँच वटा सार्वजनिक शौचालय आगामी वैशाखबाट प्रयोगमा आउने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय अगाडि जाइकाले निर्माण गरेको वाटर एटीएमसहितको शौचालय भने हस्तान्तरण हुन बाँकी रहेको छ।करिब एक करोड ३८ लाख रुपियाँ खर्चेर आधुनिक शौचालय निर्माण गरेको जनाइएको छ। एउटा शौचालय निर्माणमा २३ लाख रुपिया खर्च भएको इन्जिनीयर भट्टले बताएका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap