कैलालीको गोदावरीमा गठबन्धन दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार सुरु


लेखक : सुन्दराञ्चल      बैशाख २०, २०७९ मा प्रकाशित     
कैलालीको गोदावरीमा गठबन्धन दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार सुरु

अत्तरिया वैशाख २० : कैलालीको गोदावरीमा गठबन्धन दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार सुरु गरेका छन् । यस अघि एक भएर जान नसकेको गठबन्धन दलहरु सोमबार देखि संयुक्त प्रचार सुरु गरेका हुन् ।
गोदावरीमा गठबन्धनले मेयरमा काँग्रेसका बिरेन्द्र भट्ट र उपमेयरमा एकिकृत समाजबादी की रत्ना कडायतलाई उम्मेदवार बनाएको छ । दुबै पार्टीका उम्मेदवारहरुले नगरपालिकाका बिभिन्न वडाहरुमा संयुक्त प्रचार प्रसार गरिरहेका छन् । कडायत गत निर्वाचनमा एमालेको तर्फबाट उपमेयरमा निर्वाचित भएकी थिईन् । वडामा पुगेका उम्मेदवारहरुले उपमेयरको पक्षमा पनि भोट मागिरहेका छन् ।
मेयर र उप मेयरमा गठबन्धन भए पनि वडामा भने गठबन्धनका दलहरुले आ –आफ्नै उम्मेदवारलाई उठाएका छन् ।
कार्यकर्ताहरुमा उत्साह
गोदावरी काँग्रेसमा गुटको अन्त्य आएपछि नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ । यस अघि गोदावरीमा काँग्रेस भित्रको गुटले गर्दा विजयी हुन नसकेको धेरैको धारणा रहेको थियो । यो पटकको निर्वाचनमा काँग्रेस भित्रको सम्पूर्ण नेताहरु एक जुट भएर अगाडि बढेका छन् । गोदावरीमा दुई गुटको अगुवाई गर्दै आएका बिरेन्द्र भट्ट र सुरत कार्कीको संगै हिनेको फोटोलाई सामाजिक सन्जालमा राख्दै कार्यकर्ताहरुले आन्तरिक एकता मजबुत भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।
एकले अर्कालाई स्थानीय स्तरमा स्विकार गर्न नसक्ने सम्मको स्थितिीबनेको थियो । जसका कारण यँहा दुई गुट सक्रिय रहँदै आएका थिए । बैशाख ३० गते हुने निर्वाचनमा कार्की समुहलाई महत्वपूर्ण फ्याक्टर मानेर भट्ट समुहले सहकार्य गरेको बुझिएको छ । गत स्थानीय निर्वाचनमा दुई नेताको एकता नहुँदा पार्टीले चुनाव हार्नु परेको कांग्रेस भित्र लामो समय चर्चा चलिरहेको छ । केहि महिना अगाडि भएको काँग्रेसको आन्तरिक निर्वाचनमा गोदावरीमा चरम गुट देखिएको छ । अहिले आएर निर्वाचनमा एक भएर देख्दा काँग्रेसको जित भएको धेरै नेता कार्यकर्ताहरुको भनाई रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap