केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर झडप


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०८० मा प्रकाशित     
केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर झडप

१३ वैशाख, झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो । त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै नेकपा एमालेले संसद् बैठकमा समेत आपत्ति जनाएको छ ।

‘हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमाले नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुंगामुढा गर्ने कोशिश गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ’, एमाले सचेतक पदम गिरीले भने ।

प्रहरीले घटनास्थलबाट मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ । ओली केहीबेरअघि झापाको कार्यक्रम सकेर इलाम पुगेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap