कृषक कार्ड नबनाएका दुई जनालाई लियो नगर प्रहरीले नियन्त्रणमा धनगढीमा


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०८० मा प्रकाशित     
कृषक कार्ड नबनाएका दुई जनालाई लियो नगर प्रहरीले नियन्त्रणमा धनगढीमा

मंसिर ५,कृषक कार्ड नबनाएका दुई जनालाई धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित त्रिनगर कृषि हाट बजारबाट आज बिहान कार्ड नभएका साहिल खान र साहरुख खानलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

गेटमा चेक गर्दा उनीहरूसँग कृषक कार्ड नभएको र हाटबजार भित्र जबरजस्ती गएको नगर प्रहरीले जनाएको छ। भित्र नगर प्रहरीले कार्ड माग्दा गालीगलौज गरी आफ्नो तरकारी आफै फाली नगर प्रहरीसँग उल्टै झगडा गर्न आएकाले नियन्त्रणमा लिइएको जनाएको छ।

त्रिनगर कृषि हाटबजार बिगतको समयमा थोक बिक्रेताको मनोमानी ढंगबाट सञ्चालन भइरहेको थियो। बास्तविक किसानहरुले आफूले उत्पादन गरेका उपजहरु बिक्री वितरण गर्न नपाएकाले उपमहानगरले कृषक कार्ड लिएका किसानहरूलाई मात्रै हाटबजारमा तरकारी बिक्री गर्न दिने नियम लागु गरेको छ। विगतमा बिचौलियाहरूको मनोमानी रहेको त्रिनगर कृषि हाट बजार व्यवस्थित गर्न र धनगढीका किसानहरुको कृषि उपजको सहज बिक्री वितरणको वातावरण निर्माण गर्न उपमहानगरपालिकाले किसानहरूलाई कृषक कार्ड वितरण गरेको हो।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap