किन प्रदूषित बन्यो काठमाडौंको आकाश ?


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७८ मा प्रकाशित     
किन प्रदूषित बन्यो काठमाडौंको आकाश ?

काठमाडौं १६ चैत । वर्ल्ड एयर क्वालिटीको बुधबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार विश्वको प्रदूषित सहरहरुको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ । प्रत्येक १५ मिनेटको अन्तरमा परिवर्तन हुने यो सूचकांकले मंगलबार राति काठमाडौंलाई सबैभन्दा प्रदूषित सहर देखाएको थियो ।

बुधबार मध्याह्नको सूचीमा सबैभन्दा प्रदूषित चीनको वुहान सहर देखिएको छ । त्यसपछि भारतको नयाँदिल्ली, तेस्रोमा पाकिस्तानको कराँची, चौथोमा पाकिस्तानको लाहोर र पाँचौंमा काठमाडौं परेको छ ।

सुख्खा मौसम, आगलागीका घटना, सहरको अति फोहोर र लामो समयसम्म पानी नपर्दा प्रायः वायु प्रदूषण बढी हुने विज्ञहरु बताउँछन् । तर यो साल पोहोरको तुलनामा डढेलो तथा आगलागीका घटना धेरै नहुँदा पनि प्रदूषणले भने खतराको तह पार गरिसकेको छ ।

मध्याह्न १२ बजेकै रियल टाइम तथ्यांकअनुसार नेपालको तीन ठाउँमा आगलागीका घटना देखिएका छन् । मनाङ र दाङका दुई ठाउँमा आगलागीको घटना देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. दिजन भट्टराईले जानकारी दिए । अन्यत्र अहिले आगलागीको घटना भएको विवरण छैन ।

काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर, नयाँदिल्ली पहिलो - हिमाल दर्पण
वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणको विभिन्न कारणमध्ये काठमाडौंको फोहोर प्रमुख कारक रहेको बताउँछन् । ‘अहिले तापक्रम नबढेको भएपनि मौसम सुख्खा हुन थालिसकेको छ, पानी पनि परेको छैन यसले पनि प्रदूषण त बढाएको छ,’ तुलाधर भन्छन्, ‘तर लामो समयसम्म काठमाडौंको फोहोर नउठ्नु र कुलेश्वरको फलफूल बजार लगायत वरपर अझै पनि प्रदूषण र फोहोर बढी हुँदा पनि प्रदूषण बढी भयो ।’

मध्याह्न १२ बजे काठमाडौंको प्रदूषणको सूचकांक एक्युआई १६५ पुगेको छ । जुन १५० कट्नु भनेको वातावरण अस्वस्थ हुनु हो । वातावरण विभागको तथ्यांकले काठमाडौंको कीर्तिपुरमा पछिल्लो २४ घण्टामा पीएम २.५ को मात्रा ८६ माइक्रोग्राम प्रतिक्युबिक मिटर थियो । अर्थात्, पीएम २.५ भनेको हावामा २.५ माइक्रो ग्रामभन्दा साना प्रदूषित सामग्री मिसिएको भन्ने हुन्छ । यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरु बताउँछन् ।

सामान्यतया उपत्यका लगायत मुख्य सहरहरुमा यो मौसममा प्रदूषण बढी नै हुन्छ । तर निर्माण सामग्रीको अव्यवस्थित प्रयोगले बजारमा धुलोधुँवा र प्रदूषणको मात्रा पनि बढेको छ । तर यसरी उडेको धुलोमा २.५ पीएमको प्रदूषित मात्रा भने नभेटिने तुलाधर बताउँछन् ।

स्वास्थ्यमा असर

विश्वकै प्रदुषित शहरमा काठमाडौं छैटौँ स्थानमा

काठमाडौं उपत्यकामा प्रदूषण बढेसँगै रुघाखोकीजस्ता विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । प्रदूषणकै कारण घाँटीको दुखाइ, छातीको दुखाइजस्ता समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

वायु प्रदूषणका कारण सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामीलाई समस्या सिर्जना हुने चिकित्सकहरु बताउँछन् । त्यसमध्ये पनि वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलाहरु प्रदूषणका कारण धेरै बिरामी पर्ने गरेका छन् । वयस्कको तुलनामा उनीहरुमा प्रदूषणको असर छिटो देखिन्छ ।

प्रदूषणका कारण उच्च रक्तचाप, तनाव बढेर जाने, खिन्नता, मानसिक रोग बढ्नेजस्ता समस्या हुने चिकित्सकहरु बताउँछन् ।

तत्कालै ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

वर्षा नहुँदा प्रदूषण बढेको भएपनि अबको ५ दिनसम्म ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्हरुले जनाएका छन् । यद्यपि बुधबार र बिहीबार बागमती र प्रदेश १ का विभिन्न ठाउँमा आंशिक वर्षाको सम्भावना भने छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल बुधबार र बिहीबार पनि वाग्मती एवं प्रदेश १ का विभिन्न ठाउँमा आंशिक वर्षा भएपनि ठूलो वर्षाको तत्काल सम्भावना नरहेको बताउँछन् । विभागले बढीमा पाँच दिनको मौसमको पूर्वानुमान गर्नेगर्छ ।

प्रदूषण कम हुनका लागि ठूलो वर्षा आवश्यक पर्छ । पौडेल भन्छन्, ‘आंशिक ठाउँमा वर्षाको सम्भावना छ, तर ठूलो पानीको सम्भावना नरहेकाले अहिले आकाशमा देखिएको प्रदूषण हट्ने सम्भावना कम छ ।’ अहिले बादल जस्तै गरी प्रदूषित वायुले आकाशलाई ढाकेर बसेको छ ।अनलाइनखबर  

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap