किन पढाइमा कमजोर हुँदै नेपाली विद्यार्थी, राज्यको शिक्षा नीतिप्रति नै उठ्यो प्रश्न


लेखक : सुन्दराञ्चल      माघ ४, २०८१ मा प्रकाशित     
किन पढाइमा कमजोर हुँदै नेपाली विद्यार्थी, राज्यको शिक्षा नीतिप्रति नै उठ्यो प्रश्न

काठमाडौँ ४ माघ , २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.८७ प्रतिशत मात्रै पास भए । अर्थात्, ५२.१३ प्रतिशत परीक्षार्थी फेल भए । त्यस्तै, माथिल्लो कक्षा पढ्न लागेका शतप्रतिशत विद्यार्थीमध्ये कक्षा १२ मा ५२.९१ प्रतिशत मात्रै पास भए । अर्थात्, ४७.०९ प्रतिशतको नतिजा ननग्रेडेड (एनजी) आयो । विद्यालय तहमा मात्र होइन, उच्च शिक्षाको नतिजासमेत कमजोर छ । देशभरबाट झन्डै ८० प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्ने निकाय भनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) हो । त्रिविको पास हुने दर २९.३३ प्रतिशत मात्रै छ । त्यहाँ पढ्ने ७०.६७ प्रतिशत विद्यार्थी फेल हुन्छन् । यो यथार्थ विश्वविद्यालय अनुदान आयोगको सन् २०२१÷२२ को तथ्यांकले देखाएको हो । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको त उत्तीर्ण–दर २५ प्रतिशत पनि पुग्न सकेको छैन ।

Laxmi sunrise bank 2034

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनले पढाइको गुणस्तर खस्किँदै गएको देखाएको छ । कक्षा ५ को नतिजाको सन्दर्भमा सन् २०१८ को तुलनामा २०२२ मा गणित विषयको सिकाइ उपलब्धि घटेको देखाएको हो । सन् २०१८ को तुलनामा २०२२ मा ५०० को तुलनामा ४८४.६ पुगेको देखाएको हो । नेपालीको सिकाइ उपलब्धिमा भने खासै फरक नपरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

विद्यालय र उच्च शिक्षाको हकमा मात्र नभई शिक्षक सेवा आयोगलगायत विभिन्न निकायले लिने परीक्षाको नतिजासमेत कमजोर देखिने गरेको छ । आयोगले लिने शिक्षक पदको विज्ञापनमा कतिपय विषयमा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् । शिक्षक अध्यापन अनुमतिपत्रको हकमा अवस्था झन् कमजोर छ ।

निमावि तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्रै उत्तीर्ण भए । गत मंसिरमा सञ्चालन भएको परीक्षामा एक लाख १९ हजार ६९९ जना सहभागी थिए । जसमध्ये १० हजार ९७४ जना मात्रै पास भए । अर्थात्, ९०.८३ प्रतिशतले पास गर्न सकेनन् ।

विद्यालय तहदेखि विश्वविद्यालय तह मात्र नभई अन्य निकायसम्म पनि सिकाइको स्तर कमजोर देखिन्छ । यसले नेपालको शिक्षा नीतिप्रति नै प्रश्न खडा भएको छ ।

केन्द्रको प्रतिवेदनले सरकारलाई नै चुनौती  

विद्यालय तहको शिक्षाको स्तर कस्तो छ भन्ने विषयमा सरकारले आफैँ अध्ययन गर्छ । त्यसका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण गर्दै आएको छ ।

केन्द्रले गत वर्ष कक्षा ५ र १० का विद्यार्थीको उपलब्धिको परीक्षण गरेको थियो । कक्षा ५ को सिकाइ सक्षमतालाई चार तह (प्रि–बेसिक, बेसिक, प्रोफिसिन्ट र एड्भान्स) मा विभाजन गरी विश्लेषण गरिँदै आएको छ । कक्षा १० को सक्षमतालाई ६ तह (बिलो–बेसिक, बेसिक, प्रोफिसिन्ट–१, प्रोफिसिन्ट–२, प्रोफिसिन्ट–३ र एड्भान्स)मा विभाजन गरी विश्लेषण गरिँदै आएको छ । सिकाइ स्तरका हिसाबले विषयगत रूपमा नतिजा फरक–फरक रहेको पाइएको छ ।

केन्द्रका महानिर्देशक जयराम अधिकारी कक्षा ३ को पढाइ तथा गणितीय सीपको राष्ट्रिय परीक्षण ३३ जिल्लाका ५७९ सामुदायिक विद्यालयका आठ हजार विद्यार्थीमा गरिएको सुनाउँछन् ।

२०७९ सालको एसईईमा प्रयोग भएका गणित, विज्ञान र अंग्रेजी गरेर तीन विषयका करिब १० हजार उत्तरपुस्तिका संकलन गरी अध्ययन गरिएको थियो । त्यसमा प्रश्नहरूको कठिनाइ स्तर एवं विभेदीकरण क्षमताको अध्ययन गर्दा तीनवटै विषयका केही प्रश्न रिभ्यू गर्नुपर्ने पाइएको थियो । विद्यार्थीको न्यून सिकाइ उपलब्धिस्तर देखिएका प्रदेशमा सिकाइ उपलब्धिस्तर अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने केन्द्रको सुझाव थियो ।

५० प्रतिशतभन्दा बढी विद्यार्थीले अंग्रेजी विषयको पाठ्यक्रमले तोकेको न्यूनतम सिकाइ सक्षमता हासिल गर्न नसकेको अध्ययनले देखाएको छ । त्यस्तै, कक्षा ५ को अंग्रेजी विषयको उपलब्धि स्तर सन् २०१२ को तुलनामा २०१५ मा खस्कँदो क्रममा पाइएको थियो ।

विद्यालयले प्रदान गर्दै आएको शिक्षाको गुणस्तर केन्द्रले मापन गर्दै आएको महानिर्देशक अधिकारीको भनाइ छ । उनका अनुसार कमजोर नतिजा देखिएको खण्डमा सरकारलाई शिक्षा नीति परिमार्जन गर्न सुझाव दिने गरिएको छ ।

किन खस्कियो शिक्षाको गुणस्तर ? 

राष्ट्रिय परीक्षा बोर्डले पढाइको गुणस्तर खस्किनुमा विभिन्न कारण औँल्याउने गरेको छ । बोर्ड अध्यक्ष डा. महाश्रम शर्मा तल्लो कक्षादेखि नै विद्यार्थी कमजोर हुँदा कक्षा १० र १२ को नतिजासमेत कमजोर आउने गरेको बताउँछन् ।

शिक्षाविद् भने उनको तर्कसँग सहमत छैनन् । शिक्षाविद् डा. विष्णु कार्की तल्लो कक्षादेखि नै विद्यार्थी कमजोर हुँदा माथिल्लोमा पनि कमजोर नतिजा आएको भन्नु हास्यास्पद भएको बताउँछन् ।

‘तल्लो तहमा कमजोर हुँदा माथिल्लो तहमा समेत कमजोर हुन्छन् भन्नु एक हिसाबले हेर्ने हो भने ठीकै हो । तर, कक्षा ८ पास गरेपछि मात्रै कक्षा ९ मा पढाएको हो । कक्षा ९ मा एक वर्ष पढेपछि कक्षा १० मा जान्छन्,’ डा.कार्की भन्छन्, ‘अनि त्यहाँ कसरी फेल हुन्छन् ? कक्षा १० मा त ४८ प्रतिशतलाई पास गरियो । कक्षा ११ मा पढेर १२ मा पढ्ने बेला लगभग ५० प्रतिशत किन फेल भए ?’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नतिजा खस्किनुको कारण र सुधार गर्नुपर्ने विषयमा सुझाव दिन समिति बनाएको छ । परीक्षा सुधार समिति बनेको छ । पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा परीक्षा सुधारका लागि समिति गठन गरिएको हो । उक्त समितिले सरोकारवालासँग छलफल चलाइरहेको छ ।

शिक्षाविद् डा. कार्की परीक्षाको मुख्यतः तीनवटा उद्देश्य हुने बताउँछन् । उनका अनुसार एउटा स्कोलास्टिक टेस्ट (शैक्षिक परीक्षण) भनिन्छ । यसमा पाठ्यक्रमको ज्ञानभन्दा पनि समग्रमा उसको क्षमता परीक्षण गरिन्छ । उसले विदेश पढ्न जान गरिने परीक्षण हो । यसमा कुन तहको ज्ञान छ, कुन तहको विज्ञता छ भनेर परीक्षण गरिन्छ ।

अर्को भनेको पाठ्यक्रममा आधारित परीक्षा हो । ‘हाम्रो स्कुलमा लिने जति पनि परीक्षा छन् ती सबै करिकुलम बेस टेस्ट हुन् । जुन तहमा जे पढाउनुपर्छ, जे सिकाउनुपर्छ त्यो कुरा सिक्यो वा सिकेन भनेर जाँच्ने हो,’ डा. कार्की भन्छन् ।

तेस्रो भनेको सर्टिफिकेसन हो । राज्यले जागिर खान, थप अध्ययन गर्न जान यस्तो खालको सर्टिफिकेट दिने गरेको उनको भनाइ छ । यो विशेषगरी जागिर खान दिइने मापन हो ।

उनका अनुसार बोर्डले नचाहँदा—नचाहँदै विद्यार्थीको स्कोलास्टिक टेस्ट गर्दै आएको छ । ‘स्टेन्डरडाइज टेस्ट हाम्रो लागि आवश्यक नै होइन । हाम्रो लागि करिकुलम बेस टेस्ट हुनुपर्थ्यो । लोकल करिकुलम छन् । लोकल करिकुलम फरक–फरक हुन्छन्,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा देशभर स्टेन्डराइज टेस्ट लिन मिल्छ ? देशभर समान खालको पाठ्यक्रम छैन भने स्टेन्डराइज लिन मिल्दैन ।’

कक्षा १० मा पनि, १२ मा पनि स्टेन्डराइज टेस्ट लिने गरिएको उनको भनाइ छ । परीक्षा लिएर मात्रै शिक्षाको गुणस्तर नबढ्ने उनी बताउँछन् । भन्छन्, ‘तिनीहरूले पढाउनुपर्छ । पेडागोजी चाहिन्छ । सिकाउनुप¥यो । जाँच लिएर मात्रै क्वालिटी बढ्दैन । हामीले विद्यार्थीलाई टर्चरमाथि टर्चर गरिरहेका छौँ ।’

नतिजाहरू फरक आउनुको कारण जाँचलाई कडाभन्दा कडा बनाउनु भएको उनको भनाइ छ । तर, त्यसका लागि हाम्रो सिस्टम तयार नै नभएको उनी बताउँछन् । भन्छन्, ‘हामीलाई त्यो आवश्यक पनि छैन । आवश्यक भयो भने स्टेन्डराइज टेस्ट गर्नुहोस् ।’

उनका अनुसार जाँच लिने तरिका नभएकाले विद्यार्थीको सिकाइ क्षमता कमजोर भएको हो । १०० प्रतिशत करिकुलम बेस पढाउने र जाँच गर्ने गरिएको छ । यसमा विविधीकरण ल्याउनुपर्ने उनको भनाइ छ ।

शिक्षा मन्त्रालयले गर्न खोजेको घरायसी कार्यको मूल्यांकन गर्नु एकदम राम्रो भएको टिप्पणी उनी गर्छन् । ‘अब एसईईले लिने जाँच भनेको ४० प्रतिशत मात्रै गर्नुहोस् । बाँकी त बाहिरबाट ल्याउने हो । अहिले केही न केही नयाँ कुरा आउने भयो,’ उनी भन्छन् ।

उनका अनुसार विद्यालयमा नै सबै कुराको सक्षमता खोज्न हुँदैन । त्यसका लागि हरेक क्षेत्रमा उत्तिकै भूमिका रहन्छ ।

पाठ्यक्रम विकास केन्द्रले किताबी ज्ञानलाई मात्रै भन्दा बाह्य क्षमता अभिवृद्धि गर्न त्यहीअनुसार पाठ्यक्रम विकास गरेको छ । केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ सक्षमतामा आधारित पाठ्यक्रमको अवधारणाअनुसार विद्यार्थीको मूल्यांकन गर्न खोजिएको बताउँछन् ।

उनका अनुसार विद्यार्थीले के जानेको छ भन्ने तर्फभन्दा पनि के गर्न सक्छ भन्नेतर्फ केन्द्रित हुनुपर्छ । अहिलेको पाठ्यक्रम त्यही आधारमा भए पनि यसको कार्यान्वयन पक्ष कमजोर रहेको उनको भनाइ छ ।

शिक्षाविद् डा. कार्की महानिर्देशक श्रेष्ठले भनेझैँ विद्यार्थीले शतप्रतिशत विद्यालयमा मात्रै सिक्न नसक्ने बताउँछन् । ‘हिजोको दिनमा विद्यालय १०० प्रतिशत नै सिकाउने भनेका थियौँ । तर, अहिले प्रविधिको युगमा सबै कुरा विद्यालयमा सिकाएर मात्रै हुँदैन । त्यसले सबै कुरा पुग्दैन । अब १०० प्रतिशतबाट घटाउनुपर्छ । विद्यालयमा एक जना शिक्षकले सबै कुरा म सिकाउँछु भनेर कामै छैन,’ डा. कार्की भन्छन्, ‘विद्यालयमा सबै कुरा सिकाउने होइन । त्यसका लागि विद्यालयले नेटवर्क बनाइदिने हो । अब हामीले यसलाई विद्यालयमा १०० प्रतिशत करिकुलमभित्र बसेर सबै कुरा सिक्यो भने मात्रै पास हुने भन्ने सिस्टम अन्त्य गर्नुपर्छ ।’

अहिले नतिजा कमजोर हुनुको कारण परीक्षा र विद्यालयको सिकाइ बुझाइका कारणसमेत रहेको उनी बताउँछन् । ‘अब विद्यालयले ४० प्रतिशतभन्दा बढी मूल्यांकन गर्न दिनुहुँदैन । ६० प्रतिशत त विद्यार्थीले बाहिर नै सिक्नुपर्छ । सबै कुरा विद्यालयभित्रै हुनुपर्छ भनेर हुँदैन । बाहिरबाट धेरै कुरा सिक्ने वातावरण बनाउनुपर्छ,’ उनी भन्छन् ।

शिक्षा मन्त्रालयले समयसापेक्ष शिक्षा बनाउने भन्दै पाठ्यक्रम तथा परीक्षा प्रणालीमा पनि सुधारको गृहकार्य अघि बढाएको छ । शिक्षामन्त्री विद्या भटट्टराई पाठ्यक्रममा समयसापेक्ष सुधार आवश्यक रहेकाले त्यसका लागि संशोधनको कार्य अघि बढिरहेको बताउँछिन् । त्यस्तै नतिजा कमजोर हुनुको कारण पत्ता लगाएर त्यसमा गर्नुपर्ने सुधारका लागि कार्यदलमार्फत काम भइरहेको उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap