किन झर्र्छ छ महिलाहरुको कपाल ..?


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०७८ मा प्रकाशित     
किन झर्र्छ छ महिलाहरुको कपाल ..?

काठमाडौं फागुन १० । अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।

पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ ।

छाला तथा यौनरोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण सर्जन डा। रुपक घिमिरे ५० देखि ६० प्रतिशत पुरुषमा कपाल झर्ने समस्या देखिने गरेको बताउँछन् । महिलाहरुमा पनि झण्डै १० प्रतिशतमा यस्तो समस्या देखिन्छ । महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का कारणले पनि भएको डा। घिमिरे बताउँछन् । त्यस्तै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको उनको भनाइ छ ।

डा। रुपक घिमिरे
सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा वंशाणुगत कारण र अर्को ‘एन्ड्रोजेनेटिक एलोपेसिया’को कारण । साधारण भाषामा भन्दा टेस्टेड्रोन भन्ने हर्मोनको कारण मानिसमा कपाल झर्ने समस्या देखिन्छ । अहिले १५–१६ वर्षका किशोरहरुमा समेत कपाल झर्ने समस्या देखिने गरेको छ ।

 

डा। घिमिरे पछिल्लो समय कपाल झर्ने समस्या लिएर अस्पताल वा क्लिनिकमा आउनेको संख्या बढिरहेको बताउँछन् । तर समस्या नै बढेर हो वा सचेतना बढेर यस्तो भएको हो रु भन्नेमा भने अध्ययन गर्न बाँकी रहेको उनी बताउँछन् । सामाजिक सञ्जाललगायतको प्रयोगले पनि मानिसहरुमा सचेतना बढेका कारण पनि यस्तो समस्या लिएर आउनेहरु बढेको हुनसक्छ ।

अहिले कोरोना महामारीका कारण पनि कपाल झर्ने समस्या बढेको डा। घिमिरे बताउँछन् । सामान्य अवस्थामा दैनिक टाउकोबाट सयवटा जति कपालको रौं झर्नु सामान्य मानिन्छ । तर कोरोनाका कारण कपाल झर्ने दरलाई बढ्दै गएको देखिएको छ ।

तातोपानीले नुहाउँदा कपाल झर्छ

तातोपानीले नुहाउँदा कपाल झर्छ भन्ने आम मान्यता छ । चर्चित अभिनेता सरोज खनाल पनि आफ्नो बाक्लो कपालको राज तातोपानीले ननुहाउनु नै रहेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा खनालले हप्तामा बढीमा दुई पटक स्याम्पु प्रयोग गर्ने र घाँटीभन्दा माथि तातोपानी प्रयोग नगर्ने गरेको बताए ।

डा। घिमिरे पनि तातोपानी टाउकोको लागि सुरक्षित नभएको बताउँछन् । तातोपानीले नुहाउँदा कपाल नै झर्ने नभएपनि कपाल टुक्रिने समस्या भने हुन्छ । त्यसैले कपाल झर्न नदिन जाडोमा तातोपानीको सट्टा मन्द तातोपानीले मात्रै नुहाउन उनी सुझाउँछन् ।

समाधान के छ

जसरी घाँसपातलाई पातलो हुँदै गएमा मलजल गरिन्छ र पूर्ण रुपमा मर्‍यो भने त्यसलाई पुनः रोप्नुपर्ने हुन्छ । त्यसरी नै कपाल पनि पातलो हुँदै गयो भने त्यसलाई मलजल गरेर भर्दै जान सकिन्छ । तर पूर्ण रुपमा रित्तिसकेको छ भने पुनः रोप्नुपर्ने अवस्था आउँछ, त्यसलाई कपाल प्रत्यारोपण भनिन्छ ।

कपाल प्रत्यारोपण गर्दा टाउकोको भूमरीभन्दा पछाडिको भागको कपाललाई अगाडि ल्याएर रोप्ने गरिने डा। घिमिरे बताउँछन् । कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेनइन सेन्सेटिभ एरिया’ भनिन्छ । त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु नपर्ने डा। घिमिरे बताउँछन् ।

कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल दुईदेखि तीन हप्ता पछाडि झर्छ । तर १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । दुई हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ ।

कपाल प्रत्यारोपण गर्दा निधारको साइडबाट सामान्य रुपमा झरेको कपाल रोप्न ५०(६० हजार रुपैयाँ लाग्ने डा। घिमिरे बताउँछन् । भूमरीभन्दा पछाडिसम्म झरेको कपाल रोप्नु परेमा भने साढे ३ लाख रुपैयाँसम्म पर्छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap