२७ असार ,कालीकोटको खाँडाचक्र नगरपालिका–१ मा बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा ६ जना घाइते भएका छन् । भने घर भत्केको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।
सोहीे घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।
प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।