कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०७९ मा प्रकाशित     
कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद

२१ वैशाख, दाङ । कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ ।

दाङ जिल्ला अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले ७ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरि १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो ।

कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था छ । सोही अनुसार अदालतले यमराजलाई थप ६ वर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ ।

गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजायँ काटिरहेका यमराज गत पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि अस्पताल गएका थिए ।

छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर दुई महिलासहित घोराही वीपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए ।

त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए । लगतै डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी खटिएर र घटनाको गम्भीर अनुसन्धान गरेको थियो ।

रिजालको कमाण्डमा याङकी अप्रेशन मार्फत भागेको एक महिना पछि कैदी  परियारलाई गत माघ १० गते भारतको लुधियानाबाट पक्राउ गरिएको थियो । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap