१३ जेठ, काभ्रे । काभ्रेको पाँचखालमा खेतबारीमा विषादी छर्न ड्रोनको परीक्षण गरिएको छ ।
पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य विषादी, मललगायत घुनलशील पदार्थ छर्ने परीक्षण गरिएको हो ।
पाँचखाल नगरप्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य विषाधि र मल छर्कने कार्यको परीक्षण गरिएको जानकारी दिए ।
‘पहिलो चरणमा सफल हुन्छ कि हुँदैन भनेर परीक्षण गर्यौँ,’ उनले भने, ‘यसबाट कृषकको पक्षमा हुन्छ कि हुँदैन, कृषकको स्वास्थ्यमा असर पर्छ कि पर्दैन र आर्थिक रुपमा कृषकलाई कति बचत हुन्छ त्यसको अध्ययन गरेर नगरपालिकाले कृषकलाई सहयोग गर्छ ।’
