काठमाण्डौ आन्दोलनमा गएका शिक्षकको यातायात खर्च विद्यालयले दिने अछाममा


लेखक : सुन्दराञ्चल      अशोज ४, २०८० मा प्रकाशित     
काठमाण्डौ आन्दोलनमा गएका शिक्षकको यातायात खर्च विद्यालयले दिने अछाममा

आश्विन ४ विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ । तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ । आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौं जाने–आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको जानकारी दिए ।

“काठमाडौं जानेआउने बस भाडा विद्यालयको कोषबाट दिने निर्णयमा पुगेका छौं,” अध्यक्ष नौपानेले थपे, “दुई जनाको आठ(दश हजार खर्च होला त्यो पैसा विद्यालयको आन्तरिक कोषबाट दिने भएका छौं ।” शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ ।

सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउनका विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमिका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । शिक्षकहरुको प्रतिनिधिको रुपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap