कांग्रेसको पौडेल पक्षमा खुले गगन थापा


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
कांग्रेसको पौडेल पक्षमा खुले गगन थापा

नेपाली कांग्रेसको युवा नेता गगन थापा महाधिवेशनको सम्मुखमा संस्थापन इतर समूहमा खुलेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका थापा आज रामचन्द्र पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका हुन् ।

पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा गरेको छ । सोही कार्यक्रममा उपस्थित भएर थापाले आगामी महाधिवेशनमा आफू पौडेल पक्षको सेटमा रहने संकेत गरेका हुन् ।

अघिल्लो महाधिवेशनमा थापा कृष्ण सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर, त्यसबेला शशांक कोइरालाले महामन्त्री जितेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap