कहिले गर्ने खेती ?कहिले रोप्ने,गुलाब


लेखक : सुन्दराञ्चल      बैशाख २, २०७९ मा प्रकाशित     
कहिले गर्ने खेती ?कहिले रोप्ने,गुलाब

काठमाडौं वैशाख २ । गुलाबको बखान के गर्नु ? सौन्दर्य र सुगन्धको मोहक मिश्रण हो यो । मान्छेको भावनासँग पनि यसको खास साइनो छ । त्यसैले त प्रेम अभिव्यक्त गर्न मान्छेले गुलाबको फूल रोज्छन् ।

प्रणय दिवस यसको साक्षी हो । यसपाली मात्र प्रणय दिवसमा दुई करोड रुपैयाँ बढीको गुलाब आयात भएको छ । त्यसमा घरेलु उत्पादनको त छुट्टै हिसाबकिताब छ । वैंसालु जोडीले आफ्नो प्रेम व्यक्त गर्न गुलाब आदानप्रदान गर्छन् ।

प्रणय दिवसमा मात्र होइन, सामान्य दिनमा पनि गुलाबको माग हुनेगर्छ । चाहे घरको शोभा बढाउन होस् वा कुनै सभा–समारोहलाई झकिझकाउ बनाउन । बर्सेनि करोडौं रुपैयाँको कारोबार हुने गरेको तथ्यांक छ, गुलाब फूलको ।

फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेलका अनुसार नेपालको उत्पादनभन्दा बजारको माग बढी छ । त्यसैले गुलाबको माग धान्न विदेशबाट आयात गरिंदै आएको छ ।

फूल मात्र होइन, बिरुवासमेत आयात गरिरहेको अवस्था छ । भारत मात्र होइन, नेदरल्याण्ड्सबाट समेत यसको कटिङ बिरुवा आयात गरिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नुवाकोट, काभ्रे लगायत ठाउँमा गुलाबको व्यावसायिक खेती हुँदै आएको छ ।

फुल्ने सिजन

गुलाब फुल्ने सिजन वैशाखदेखि मंसिरसम्म होे । सयौं प्रजातिमा पाइने गुलाब हाल डच जातको बढी चलेको छ । उत्पादन धेरै र किसानलाई फाइदा धेरै दिने भएसँगै संसारमा यसको उत्पादन बढी छ ।

कहिले गर्ने खेती ?

गुलाबको बिरुवा (कटिङ) विदेशबाट ल्याउने गरिएको छ । यद्यपि यहाँ उपलब्ध कटिङबाट पनि बिरुवा फैलाउन सकिन्छ । यसको कटिङ रोप्नका लागि माघदेखि चैतसम्मको सिजन उपयुक्त हुन्छ । हुन त गुलाब धेरै प्रजातिको हुन्छ । तर डच जातको गुलाब बढी चलेको छ । उत्पादन धेरै हुने र किसानलाई फाइदा हुने भएकाले व्यावसायिक खेती गर्नेले यो गुलाब रोप्न सक्छन् । अहिले हाइटेक प्रविधिले गर्दा अरु सिजनमा पनि रोप्न सकिन्छ ।

कस्तो माटो र हावापानी चाहिन्छ ?

बलौटे माटो यसका लागि उपयुक्त हुन्छ । यसको लागि १२ देखि ३४ डिग्री तापक्रम आवश्यक पर्दछ । दिउँसोको तापक्रम ३५ डिग्री र रातिको १२ डिग्री भन्दा कम भने हुनु हँुदैन । सिंचाई गर्दा बिहान र साँझको समयमा उत्तम हुन्छ ।

कति प्रजातिका हुन्छन् ?

गुलाबको थुप्रै प्रजाति छन् । कुनै गमलामा रोप्न सकिने हुन्छ भने कुनै बगैंचामा । कलमी गरेर उत्पादन गरिने बाहेक स्थानीय जातका गुलाबमध्ये रुख चढ्ने गुलाब, लहरे गुलाब, बगैंचा कभर गर्ने गुलाब पर्दछन् ।

यसको प्रयोजन

गुलाब बहुउपयोगी फूल हो । ढकमक्क गुलाब फुल्दा हाम्रो मन नै हराभरा हुन्छ । त्यसो त गुलाबको साइनो प्रकृतिलाई मनोहर बनाउनमा मात्र छैन, अरु थुप्रै प्रयोजनका लागि यसको उपयोग हुन्छ । गुलाब जललगायत सौन्दर्य प्रसाधन बनाउनका लागि पनि यो अनिवार्य मानिन्छ ।

यसमा अनुहार एवं छालामा चमक ल्याउने, मुलायम बनाउने गुण हुन्छ । त्यसैले गुलाबको फूल सौन्दर्य प्रसाधन बनाउन प्रयोग गरिन्छ । त्यसैगरी बडी स्प्रे अर्थात् अत्तर बनाउनका लागि पनि गुलाबको फूल प्रयोग गरिन्छ । पानमा राखेर खान होस् वा केक सजाउन गुलाबको प्रयोग हुन्छ । सजावट र उपहारमा त गुलाबको प्रयोग हुने नै भयो ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap