कहाँ चुक्यो नेपाल ? साफ यु-२० च्याम्पियनसिपमा :


लेखक : सुन्दराञ्चल      भदौ १३, २०८१ मा प्रकाशित     
कहाँ चुक्यो नेपाल ? साफ यु-२० च्याम्पियनसिपमा :

भदौ १३ ‘हामीले आफ्नो घरेलु मैदानमा अवसर पाउँदा पनि जित्न सकेनौं । सरी भन्न चाहन्छु । यस्तो मौका आउँदैन ।’साफ यु-२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशसँग ४-१ ले पराजित हुँदै उपाधि जित्न असफल भएपछि नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सुरुमा दिएको प्रतिक्रिया हो यो ।९ वर्षपछि फाइनल पुगेको नेपाल यू२० टिमसामु यसपटक घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसर गुमायो । नेपालले सन् २०१५ मा नेपालबाटै सुरु भएको पहिलो संस्करण र २०१७ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसयता नेपाल फाइनल सम्म पनि पुग्न सकेको थियो ।

२०१५ पछि पहिलो पटक फाइनल पुगेको नेपाल यस पटक भने घरेलु मैदानमै बंगलादेशसँग स्तब्ध नै भयो ।समूह चरणमा नेपाल र बंगलादेश एकै समूहमा थिए । जहाँ नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको थियो ।

फाइनलमा नेपालले त्यो प्रदर्शन दोहोर्‍याउन सकेन भने बंगलादेशले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध मिठो बदला लियो ।

समूह चरणमा नेपालका लागि समिर तामाङ र निराजन धामीले पहिलो हाफमा दुई मिनेटमा दुई गोल गरेपछि नेपालले बंगलादेशमाथि दबाब बनाउँद जित निकालेको थियो ।

फाइनलमा घरेलु नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको साथमा उपाधि जित्नुपर्ने एक किसिमको दबाब पनि थियो । त्यो दबाबका कारण पनि फाइनलमा नेपालले सोचे अनुसारको प्रदर्शन गर्न सकेन । ‘नतिजाबाट निराश छौँ । हामीले आफ्नो खेल खेल्न सकेनौँ । सबैलाई सरी भन्न चाहन्छौं।’ खेलपछि नेपालका कप्तान कुशल देउबाको प्रतिक्रिया थियो ।

खेलको सुरुमा नेपालले दबाब बनाए पनि अघिल्लो खेलमा जस्तो गोल गर्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा बंगालदेशले अग्रता लियो । मिराजुल इस्लामले फ्रिकिकमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । दोस्रो हाफमा मिराजुलले अर्को गोल गरे । यस्तै रबी होसेन राहुल र पिएस नोभाले दोस्रो हाफमा गोल गरे । नेपालका लागि समिर तामाङले मात्र एक गोल फर्काए ।

फाइनल खेलमा पाँच गोल हुँदा नेपालले जम्मा १ गोल मात्र गर्न सक्यो । फाइनलसम्म पुग्दा अपराजित रहेको नेपालले एक खेल मात्र हार्‍यो र त्यही हारले नेपाललाई उपाधि जित्नबाट बन्चित गरायो ।

घरेलु मैदानको फाइदा हुँदा पनि नेपालमा फाइनलमा कहाँ चुक्यो ?

फ्रिकिक गोल टर्निङ प्वाइन्ट

पहिलो हाफ बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर अन्तिममा बंगलादेशले फ्रिकिक पायो र त्यसमा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा गोल गर्दा नेपाललाई मनोवैज्ञानिक दबाब पर्‍यो ।

पहिलो हाफको अन्तिममा फ्रिकिकमा गोल हुनु नै गेम चेन्जिङ मोमेन्ट बन्यो । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भने । त्यो बेला फल गर्नुपर्ने जरुरी नै थिएन । त्यो गोल नभएको भए खेलको नतिजा अर्कै आउन सक्थयो ।

बंगलादेशमा प्रशिक्षक मरिमुल हकले पनि पहिलो हाफको गोलले खेलमा प्रभाव पारेको बताए । ‘त्यो गोल नै टर्निङ प्वाईन्ट भयो । गोल भएपछि खेलभरी नै त्यसले हामीलाई कन्फिडेन्स दियो ।’ फ्रिकिक गोलबारे सोध्दा हकले पोष्ट म्यच कन्फ्रेन्समा भने ।

नेपालका निरज कार्कीले बंगलादेशका मिराजुल ईस्लामलाई पेनाल्टी बक्स भन्दा थोरै बाहिर फल गरेपछि बंगलादेशले फ्रिकिक पाएको थियो । त्यसमा मिराजुलले हानेको प्रहार पोष्टमा लागेर गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा गोल गर्न नसक्नु

समूह चरणको खेलमा जस्तै नेपालले पहिलो हाफमै गोल गरेर खेलमा पकड बनाउने योजना बनाएको थियो । त्यही अनुसार खेलमा सुरुवात पनि राम्रो गरेको थियो । तर नेपालले पहिलो हाफमा गोल गर्न सकेन ।

नेपालको मुख्य हतियराको रुपमा रहेका फरवार्डद्वय निराजन धामी र समिर तामाङले पहिलो हाफमा सोचे अनुसारको खेल देखाउन सकेनन् ।

निराजनले पहिलो हाफमा गोलका लागि केही प्रयास गरेका थिए तर सफल हुन सकेनन् । पहिलो हाफमा समिर तामाङ फिक्का जस्तै देखिए ।

खेलको नवौँ मिनेटमा नेपालले राम्रो अवसर गुमाएको थियो । निराजन धामीको लामो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद आसिफले पन्च गर्दै बचाएका थिए ।

१३औं मिनेटमा निराजनको अर्को लामो सट बंगाली किपरलाई लाग्दै बाहिर गयो । २१औं मिनेटमा नेपालले अर्को राम्रो अवसर गुमाएको थियो । निराजनले नै बक्समा उपलब्ध गराएको पासमा अनमार्क रहेका अविनास स्याङ्गतानले सदुपयोग गर्न सकेनन् । उनको प्रहार फितलो रह्यो ।

३० मिनेट सिमान्त थापा फ्रिकिक बारमाथिबाट बाहिर गयो । यस्तै ३१ मिनेटमा निराजनले बक्स बाहिरबाट हानेको अर्को प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।

प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो हाफमा गोल गर्न नसक्दा गाह्रो भएको बताए ।

‘पहिलो हाफमा एक गोल मात्र गर्न सकेको भए नतिजा चेन्ज हुन सक्थ्यो,’ श्रेष्ठले भने, ‘निराजनले प्रयास गरेको भएन । अविनाशले पनि चान्स पाएको थियो । समिरले राम्रो गर्न सकेन । पहिलो गोल खाएपछि दबाब भयो ।’

योजना अनुसार खेल्न नसक्नु

नेपालले सुरुकै गोल गरेर त्यही अनुसार विपक्षीलाई दबाबमा राखेर खेल्ने योजना बनाएपनि सफल हुन सकेन । पहिलो हाफमा गोल खाएपछि उल्दै घरेलु मैदानमा नेपाल दबाबमा आयो । जसले गर्दा खेलाडीहरु आत्तिएको देखियो र दोस्रो हाफमा थप तीन गोल व्यहोर्‍यो ।

नेपालले तीन गोलले पछि परेको अवसथ्मा समिर तामाङले गोल गर्दै खेलमा गोल अन्तर कम पारेका थिए । तर त्यो धेरै ढिला भइसकेको थियो ।

‘पहिलो हाफमा गोल खाएपछि हामीलाई दोस्रो हाफमा दबाब भयो । जसले गर्दा हामीले योजना अनुसार खेल्न सकेनौँ ।’ नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भने ।

घरेलु मैदानमा चुकेको नेपाल

सन् २०१५ मा पहिलो संस्करणको साफ यू१९ च्याम्पियन हुँदा नेपाल च्याम्पियन बनेको थियो । एन्फा कम्प्लेक्समै भएको पहिलो संस्करणको फाइनलमा नेपालले भारतलाई पेनाल्टीसुटबउटमा हराएर च्याम्पियन बनेको थियो । त्यसपछि सन् २०१७ मा भुटानमा राउण्ड रोविनका आधारमा भएको दोस्रो संस्करणमा नेपाल शीर्ष स्थानमा रहँदै उपाधि रक्षा गर्न सफल भएको थियो ।

तर त्यसपछिका तीन संस्करणमा भने नेपाल फाइनल समेत पुग्न सकेन । ९ वर्षपछि फाइनल पुगेको नेपालसामु घरेलु मैदानमा च्याम्पियन बनेर ट्रफी उचाल्ने अवसर थियो ।

प्रतियोगिता सुरु हुनुअघि र फाइनल खेलअघि पनि नेपालका कप्तान र प्रशिक्षकले ट्रफी घरमै राख्ने लक्ष्य रहेको बताएका थिए । तर नेपाल त्यो लक्ष्यमा सफल हुन सकेन ।

नेपालले तेस्रो पटक उपाधि जित्दै भारतसँग सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने लक्ष्य थियो । त्यो पनि पूरा भएन । बरु साफ यू२० च्याम्पियनसिपमा बंगलादेशले पहिलो पटक उपाधि जितेर इतिहास रच्दा नेपालले भने यो प्रतियोगितामा पहिलो पटक बंगलादेशसँग पराजित भएर खराब कीर्तिमान बनायो ।

नेपालले सन् २०१५ र २०१७ मा च्याम्पियन बन्नुअघि बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस संस्करणमा पनि समूह चरणमा नेपालले बंगलादेशलाई सोही नतिजामै पराजित गरेको थियो । तर फाइनलमा भने नेपालको त्यो प्रदर्शन कायम रहन सकेन ।

फाइनलमा बंगलादेशले नेपालमाथि दबाब राख्दै राम्रो खेलेर नै जित निकाल्यो । वास्तवमा बंगलादेश फाइनलमा जितको हकदार नै देखियो ।

फाइनलअघिको प्रि म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक श्रेष्ठले जसले राम्रो खेल्छ फाइनल उसैले जित्छ भनेर प्रतिक्रिया दिएका थिए । र फाइनलमा भयो पनि उस्तै ।

त्यही भएर उर्जन श्रेष्ठले पोष्ट म्याच कन्फ्रेन्सको अन्तिमम फेरि भने, ‘जित दिलाउने रहर थियो, सकेनौँ । सरी भन्न चाहन्छु ।’ , अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap