कस्तो छ त मौसमको अबस्था आजको


लेखक : सुन्दराञ्चल      साउन ७, २०८० मा प्रकाशित     
कस्तो छ त मौसमको अबस्था आजको

काठमाडौं ७ साउन । नेपालमा तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कम्तिमा आज, भोलि र पर्सि (तीन दिन) ठूलो पानी नपर्ने महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिए । ‘तत्काल भारी वर्षाको सम्भावना छैन, केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ,’ उनले भने ।केही दिनयता पहाडी क्षेत्रमा वर्षा भए पनि त्यसको तुलनामा तराईमा कम पानी परिरहेको छ । यस्तो अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान छ ।

पानी पार्ने मनसुनी रेखा मध्य भारतमा अवस्थित भएकाले केही दिनयता कम पानी परिरहेको छ । मौसमविद श्रेष्ठले मनसुनी रेखा तत्काल नेपालतर्फ सर्ने सम्भावना नदेखिएकाले कम पानी परिरहेको बताए ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनी रेखा भारतमा हुनु भनेको नेपालमा मनसुनी वर्षा रोकिनु हो । स्थानीय प्रणालीका कारण केही क्षेत्रमा वर्षा हुने भए पनि तराई मधेशका अधिकांश स्थानमा सुख्खा हुन्छ । अहिले मनसुनी रेखा नेपालबाट सुदूर दक्षिणमा रहेकाले तराई क्षेत्रमा पानी पर्न रोकिएको छ ।

त्यसो त यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश स्थानसरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण मौसमविदहरुले गरेका थिए । अहिलेसम्म पूर्वानुमान अनुसार नै वर्षा भइरहेको मौसमविद् श्रेष्ठले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap