कस्तो रहला त आजको मैसम,


लेखक : सुन्दराञ्चल      असार २१, २०७९ मा प्रकाशित     
कस्तो रहला त आजको मैसम,

काठमाडौं २१ असार  पश्चिमी वायु सक्रिय भए संगै वर्षायाम सुरु भएको छ । देशका विभिन्न भागमा मंगलबार पनि बिहानै देखी पानी पर्ने भएको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंगलबार बिहान सामान्यदेखि पूर्ण बदली ररहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्टयाङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार मंगलबार राति प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागका भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap