कस्तो छ त आजको मौसम ,


लेखक : सुन्दराञ्चल      फाल्गुन ३, २०७९ मा प्रकाशित     
कस्तो छ त आजको मौसम ,

काठमाडौं ३ फागुन,   नेपालामा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ ।

हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली भए पनि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली हुनेछ भने बाँकी भू-भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू-भागहरूमा आँशिक बदली रहने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap