कसरी पैसा कमाउँछ पैसा फिफाले फुटबलबाट ?


लेखक : सुन्दराञ्चल      मंसिर १, २०७९ मा प्रकाशित     
कसरी पैसा कमाउँछ पैसा  फिफाले फुटबलबाट ?

१ मंसिर, काठमाडौं । व्यवसाय कसरी चल्छ सबैलाई थाहा भएकै कुरा हो । सामान धेरै बिक्छ भने त्यहाँबाट आम्दानी हुन्छ । यदि कुनै चिज धेरैले मन पराए भने अवश्य पनि त्यसको मूल्य बढी हुन्छ ।

यस्तै हो फिफा विश्वकप पनि, विश्व फुटबलकाे कार्यकारी निकायले पनि विश्वकपमार्फत निकै पैसा कमाउँछ । २०१८ मा रसियामा भएको विश्वकपबाट फिफाले ४.६ विलियन डलरभन्दा बढी कमाई गरेको थियो ।

फिफाले आयोजक देशको आयोजक कमिटीलाई आयोजना खर्च, पुरस्कार रकम, सहभागी टिमलाई यातयात खर्च, बसोबास खर्च र आयोजक राष्ट्रमा खेलकुद प्रचारका लागि भनेर छुट्टा छुट्टै खर्च विनियोजन गरेको हुन्छ ।

कतार विश्वकप-२०२२ को उपाधि विजेता टिमले मात्र ४२ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछ ।

फिफाले आफ्नो आर्थिक प्रतिवेदन प्रत्येक चार वर्षमा व्यवस्थापन र प्रकाशन गर्छ । हालसालै फिफाले २०१५ देखि २०१८ सम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा ६.४ विलियन डलरको कारोबार देखाइएको थियो । २०२१ मा मात्रै एक वर्षको लागि फिफाले ७६६ मिलियन डलरको आर्थिक कारोबार सार्वजनिक गरेको थियो ।

टेलिभिजन प्रसारण अधिकार

फिफाले चार वर्षमा कमाउने सबैभन्दा बढी कमाई टेलिभिजनमा विश्वकपको प्रत्यक्ष प्रसारण अधिकारबाट उठाउने गर्छ । फिफाकाे पछिल्लाे प्रतिवेदनअनुसार सन् २०१५ देखि २०१८ सम्म उसले गरेकाे ६.४ विलियन डलर आम्दानीमध्ये ४.६ विलियन प्रत्यक्ष प्रसारण अधिकार बेचेर कमाएको थियो ।

विज्ञापन अधिकार

विश्वप्रख्यात ब्रान्डहरुले फिफा विश्वकपमा आफ्नो विज्ञानपन गर्न ठूलो रकम खर्च गर्छन् । विज्ञापनमार्फत हुने आम्दानी फिफाको अर्को मुख्यस्रोत हो । ठूला ब्रान्डहरुले फिफासँगको विश्वकपको विकास र सामाजिक उत्तरदायित्वको लागि सहकार्य गर्ने गर्छन् ।

उनीहरुले फिफाको गैरनाफामुखी योजनाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि ग्रसरुटसम्म सहकार्य गर्ने गर्छन् ।

फिफा विश्वकप विश्वको यस्तो ब्रान्ड हो जसलाई विश्वका आधा जनसंख्याले हेर्ने अनुमान गरिएको हुन्छ । करिब ५ बिलियन मानिसहरुले विश्वकप हेर्नेछन् ।

२०१८ को विश्वकपमा फिफाले विज्ञापन अधिकार बेचेर १.६६ विलियन डलर कमाएको थियो । २०२१ मा फिफाले आफ्नो विज्ञापन अधिकार बेचेर १३१ मिलियन डलर कमाएको विवरण सार्वजनिक भएको छ ।

टिकट तथा आतिथ्य शुल्क

२०१५–२०१८ सम्म विश्वकपमा फिफाले टिकट तथा आथित्यता बिक्रि गरी ७२१ मिलियन डलर कमाएको थियो ।

टिकटका लागि कुनै कम्पनीले जिम्मा लिएको हुन्छ । उक्त कम्पानीले फिफा मातहत रहेर टिकट बिक्री गर्ने गर्छ ।

२०२१ मा अरब कपका लागि ६० हजार टिकट बिक्रि गरी फिफाले १२ मिलियन डलर आम्दानी गरेको थियो । कतार विश्वकप २०२२ का लागि ३ मिलियन टिकट बिक्रि भइसकेको छ । हरेक टिकटको मूल्य १०० देखि ११०० डलरसम्म रहेको छ । यसले पनि फिफालाई निकै आम्दानी हुने अंकलन गरिएको छ ।

ब्रान्डिङ र लाइसेन्स 

फिफा विश्वकप २०२२ को यसपालीको मुख्य आकर्षण भनेको इलेक्ट्रोनिक आर्ट हो । यो ब्रान्डले आफूलाई विश्वकपको आकर्षण बनाएबापत फिफाले मोटो रकम लिएको हुन्छ । फिफाले इलेक्ट्रोनिक आर्ट (इए)सँग २० वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार फिफाले समग्रमा २० बिलियन डलर प्राप्त गर्नेछ ।

खेल व्यवस्थापकको बुझाइका अनुसार इएले फिफा नाम प्रयोग गर्नका लागि मात्र हरेक वर्ष १५० मिलियन डलर बराबरको रकम तिर्नेछ ।

२०२१ मा फिफाले मर्चेन्डाइज, रिटेल र गेमिङको लाइसेन्स बिक्री गरी १८० मिलियन डलर कमाएको थियो । सोही वर्ष फिफाले अमेरीकी न्यायिक विभाग (डिपार्टमेन्ट अफ जस्टिस) बाट २०१ मिलियन डलर पुरस्कारस्वरुप प्राप्त गरेकाे थियाे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap