कर्मचारीका छोराछोरीलाई एमबीबीएस छात्रवृत्ति दिने कि नदिनेमा मतभेद


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
कर्मचारीका छोराछोरीलाई एमबीबीएस छात्रवृत्ति दिने कि नदिनेमा मतभेद

१२ असोज, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिने भन्नेमा मत बिभाजन भएको थियो ।

सांसद योगेश भट्टराईले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन नहुने बताए । उनले कर्मचारी सम्पन्नशाली हुने भएकाले उनीहरुका छोराछोरीलाई छात्रवृत्ति नचाहिने राय व्यक्त गरे । ‘चिकित्सा महँगो शिक्षा हो । कर्मचारी आफै पनि आफ्ना छोराछोरीलाई पढ्न पठाउन सक्दछन्’ सदस्य भट्टराईले भने, ‘बरु गरिब, विपन्नका छोराछोरीका लागि छात्रवृत्ति बढाऔं ।”

सांसद नबिना लामाले नेता र कर्मचारीका छोराछोरीलाई आरक्षण हुनै नहुनेमा जोड दिँदै भनिन्, ‘चीनमा नेता र अमेरिकामा कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेकाले समितिको बैठकमा कुन नेता र कुन कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेको छन् भनेर छलफल गरिनुपर्छ ।’

सांसद गिरिराजमणि पोखरेलले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिनैपर्नेमा जोड दिए । ‘कर्मचारीले प्रोत्साहन पाए अझ राम्रोसँग काम गर्छन्’ उनले भने, ‘त्यही भएर कतै आरक्षण दिन सकिन्छ कि भने उपायको खोजी गरौ ।’

चिकित्सा क्षेत्रका कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनका लागि आरक्षण कोटा राखिएकामा राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीमा उक्त आरक्षण हटाइएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव डिल्लीराम लुइँटेलले राष्ट्रिय चिकित्सा शिक्षा विनियमावली संशोधन गरेर नेपाली सेनाले सञ्चालन गरेको कलेजमा सेनामा तिनका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताए । उनका अनुसार सेनाका सन्ततिलाई ४९ प्रतिशत र अन्यलाई ५१ प्रतिशत छात्रवृत्ति राखिएको छ । सांसद मानबहादुर विकले आरक्षणलाई परिमाणमुखी बनाउनुपर्नेमा जोड दिए ।

भापति जयपुरी घर्तीले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भन्नेबारे सांसदबीच मतभेद भएको बताइन् । ‘नेपाली सेनामा जस्तै चिकित्सा शिक्षाक्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउन सकिन्छ’ उनले भनिन्, ‘सेनामा विनियमावली संशोधन गरेर दिन सकिन्छ भने कर्मचारीका छोराछोरीलाई पनि छात्रवृत्ति दिनका लागि विनियावली संशोधन गरेर जान सकिन्छ ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कर्मचारीका छोरछारीलाई छात्रावृत्ति दिनु व्यवहारिक हुने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap