कञ्चनपुर, चैत २५ । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको लालझाडी गाउ“पालिका वडा नम्बर २ कञ्जमा श्री बैजनाथ अर्चना बाबा धाममा ९५ औं ंअर्चनाबाबा शिव साधना आज देखि सुरु हुने आयोजकले जनाएको छ ।
हत्या हिंसा त्यागौं सत्यको मार्ग पहिल्याऔं भन्ने मूल नाराका साथ १०८ औं श्री अर्चना बाबा शिव साधना मध्ये ९५ औं अर्चना बाबा शिव साधना करिब साढे २ वर्ष पछि यस परमपुजनीय परमात्मा श्री पिण्डेश्वर महादेव अर्धनारीश्वरी सद्गुरुदेव अर्चना बाबा बैद सनातन धर्म रक्षार्थ तथा जगत कल्याण एवं विश्वशान्तिका लागि यो शिव साधना गर्न लागेको हो ।
यस अर्चना बाबा शिव साधना कार्यक्रममा श्रद्धय आदि जगत गुरु ओम बाबाको मुखार विन्दुबाट आत्मा परमात्मा, होम महिमा, भक्ति भजन, जगत जिवन, ध्यान जप, एवं प्रर्वचन हुने र सद्गुरुदेव श्री अर्चना बाबाको दर्शन,अर्शिवाद एवं शिव साधनामा सरिक हुनका लागि नेपालको कैलाली, कञ्चनपुर, बा“के, बर्दिया, दाङ, नवलपरासी, चितवन, सुर्खेत र काठमाण्ंडौ लगाएतका शम्भो भक्तजन, समाजसेवी,बुद्धिजिवीहरुको करिब २ हजार ५ सय भन्दा बढी भक्तजनहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।
यस कार्यक्रमलाई थप भव्य,सभ्य,रमाइलो एवं जगत जीवन जस्ता अध्यात्मिक ज्ञानको बारेमा प्रर्वचन एवं भक्ति भजनबाट भक्तजनहरुलाई रमाउने र झुमाउने शिव साधना कार्यक्रमको सुरुवात देखि लिएर कार्यक्रम विर्सजन सम्म अन्जली शम्भो र राजकुमार शम्भु लगाएत सम्पूर्ण शम्भो भक्तजनहरुको साथ सहयोग रहने आयोजकले बताए ।
९५ औं अर्चना बाबा शिव साधना कार्यक्रम चैत २५ गते देखि २९ गते सम्मका लागि विशेष आयोजक श्री अर्चना बाबा धाम
कञ्चनपुर जिल्ला समिति र श्री अर्चना बाबा धाम कैलाली जिल्ला समितिको आयोजनामा भइरहेको कार्यक्रमको कञ्चनपुर जिल्लाका अध्यक्ष श्री प्रेम चौधरीले जनकारी दिए ।