कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु,


लेखक : सुन्दराञ्चल      पुस ११, २०७९ मा प्रकाशित     
कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु,

११ पुस, काठमाठौं । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ ।

नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएका थिए ।

६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका खेलहरु आजदेखि फेरि हुन लागेका हुन् ।

सोमबार आज इंग्लिस प्रिमियर लिगमा ७ खेलहरु हुनेछन् । आजको पहिलो खेलमा ब्रेन्टफर्ड र टोटेनहमबीच साँझ सवा ६ बजे सुरु हुनेछ । यो खेल ब्रेन्डफोर्डको मैदानमा हुनेछ ।

क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र वल्भ्स, लेस्टर सिटी र न्यूक्यासल तथा साउथह्याम्टन र ब्राइटनबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप पछि इंग्लिस लिग कपका खेलहरु भने यसअघि नै सुरु भइसकेको छ । प्रिमियर लिगसहित फ्रेन्च लिग र स्पानिस ला लिगा यही डिसेम्बरमै सुरु हुनेछ बाँकी लिग नयाँ वर्ष लागेपछि सुरु हुनेछ ।

फ्रेन्च लिग १ डिसेम्बर २८ तथा ला लिगा डिसेम्बर २९ देखि शुरु हुनेछ । इटालियन सिरी ए जनवरी ४ मा र जर्मन बुन्डेसलिगा जनवरी २० देखि सुरु हुनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap