कञ्चनपुर जिल्लाको एक विद्यालयको छतमा शव फेला,


लेखक : सुन्दराञ्चल      असार २२, २०७९ मा प्रकाशित     
कञ्चनपुर जिल्लाको एक विद्यालयको छतमा शव फेला,

कञ्चनपुर २२,  कञ्चनपुर ,जिल्लाको एक विद्यालयको छतमा एकजनाको शव फेला परेका छ । बुधबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ६ एैठपुरमा रहेको गोल्डेन बिज स्कुलको छतमा २२ वर्षीया प्रेमसिंह धामी मृत फेला परेका छन् । भने

उनीसहित अर्का एक युवकलाई छतमा बेहोस अवस्थामा देखेपछि स्थानिय बासीहरुले प्रहरीलाई खबर गरेका हुन्।

प्रहरीका अनुसार मृतक धामीको शव पोष्टमार्टका लागि महाकाली अस्पतालमा पठाएको थियो। भने मंगलबार बेलुकी दुवैले बियर र लागूऔषध सेवन गरेर छतमा गएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताए।

उनीहरू दुवै लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भने धामीको शव पोष्टमार्टमपश्चात आफन्तलाई बुझाइएको प्रहरी नायब निरीक्षक बमले जानकार दिए ।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटना सम्बन्धमा थप खुल्ने प्रहरीले बताएको छ। प्रहरी नायब निरीक्षक बमले धामीसँगै रहेका अर्का युवकलाई सोधपुछ गरिएको बताएका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap