कञ्चनपुरको भाईरल रोड आजदेखी बन्द


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
कञ्चनपुरको भाईरल रोड आजदेखी बन्द

कञ्चनपुर १३,भाद्र । कञ्चनपुरमा भाईरल रोडका नामले चर्चित सडक बन्द गरिएकोे छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं १२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको उक्त रोड आजदेखी सर्वसाधारणका लागि बन्द गरिएको हो ।

टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण उक्त सडक ‘भाइरल रोड’ भनेर निकै चर्चामा रहेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आजदेखी उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए ।

उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए ।

यस्तै कोरोना संक्रमणको जोखिमसंगै मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक उनले बताए।

सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap