कञ्चनपुरको कृष्णपुरमा एम्बुलेन्सको ठक्करवाट साइकल यात्रीको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
कञ्चनपुरको कृष्णपुरमा एम्बुलेन्सको ठक्करवाट साइकल यात्रीको मृत्यु

कञ्चनपुर, ‍३० भाद्र । जिल्लाको कृष्णपुरमा एम्बुलेन्सको ठक्करवाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत कृष्णपुर नगरपालिका ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिदाँ साइकल यात्री कृष्णपुर –५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करवाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुमा उनलाई धनगढी स्थित माया मेट्रो अस्पताल लगिएकोमा पछि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।

 एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । एम्बुलेन्सको ठक्करवाट साईकल यात्री ऐरको मृत्यु भएपछि यतिबेला स्थानियहरुले गुलरियामा चक्काजाम गरेका छन् । जसका कारण पूर्वपश्चिम राजमार्गमा आवतजावत गरिरहेका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap