एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो,


लेखक : सुन्दराञ्चल      भदौ १९, २०८० मा प्रकाशित     
एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो,

 भदौ १९,  एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो ।

श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र सीमित रहेन । यो खेलको क्रममा मैदानमा देखिएका क्याजुअल दृश्यले नेपाली फ्यानलाई मोहित तुल्याए । नेपालले ब्याटिङ गरिरहँदा भारतले फिल्डिङ गरिरहेको थियो ।

त्यस क्रममा रंगशालामा चर्चित नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ समेत बजाइयो । उक्त गीतमा भारतीय क्रिकेटर विराट कोहलीले नृत्य गरेपछि यसले चर्चा बटुलेको छ ।

मंगलबार भारतीय अनलाइन पोर्टलहरुमा यो गीतमा विराटले गरेको डान्सले प्राथमिकता पाएको छ । टाइम्स अफ इन्डिया लगायतका मिडियाले नेपाली फिल्मको गीतमा विराटले गरेको डान्सलाई लिएर समाचार लेखेका छन् । ‘विराटले कहिल्यै पनि फ्यानसँग इन्गेज हुने मौका गुमाउँदैनन्,’ टाइम्स अफ इन्डियाले डान्सको क्लिप सेयर गर्दै लेखेको छ ।

विराटको यो डान्सलगत्तै नेपाली अभिनेता आसिफ शाहले लेखे, ‘दुई कुराले खुसी छु । टिम नेपालले २३० रन बनाउनु र विराट कोहलीले कुटुमा कुटुमा नाच्नु ।’ फिल्म ‘दुई रुपियाँ’मा समावेश यो गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै आसिफले पनि अभिनय समेत गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap