एसपीपीबारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने आज


लेखक : सुन्दराञ्चल      साउन १३, २०७९ मा प्रकाशित     
एसपीपीबारे संसदमा  सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने आज

१३ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

सरकारले गत असार ६ गते एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

साउन ४ गते नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा’ (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले ‘रोष्ट्रम कब्जा’ गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन पाँच गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap