एसईईका लागि ७७ हजारभन्दा बढी जनशक्ति परिचालन


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८० मा प्रकाशित     
एसईईका लागि ७७ हजारभन्दा बढी जनशक्ति परिचालन

काठमाडौँ-चैत्र ११, माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि ७७ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । चैत १५ गतेदेखि देशभर नै सञ्चालन हुन लागेको एसईईका लागि ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसईईका लागि प्रति केन्द्र १ जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै १५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ जना निरीक्षक खटाइएको पौडेलले बताए ।

त्यस्तै प्रति १०० विद्यार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ जना परीक्षा सहायक समेत खटाइनेछ । त्यस्तै प्रति ५० विद्यार्थी बराबर एक जना कार्यालय सहयोगी समेत खटाइनेछ । १० हजार ८१ जना कार्यालय सहयोगी खटाइने पौडेलले बताए ।

त्यस्तै प्रति केन्द्र १५ जनाका दरले ३० हजार ९६० जना सुरक्षाकर्मी परिचालन गरिनेछन् । यो वर्ष पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले एसईई दिदैछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap