एनपीएल : आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०८१ मा प्रकाशित     
एनपीएल : आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौं मंसिर १८,  । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सको सामना गर्नेछ । जारी एनपीएलमा सुदूरपश्चिमको यो पहिलो खेल हो भने विराटनगरको यो दोस्रो हो ।

त्रिवि क्रिकेट मैदानमा विराटनगर पुनरागमनको प्रयासमा हुँदा सुदूरपश्चिमले आज पहिलो खेलबाटै जित हात पारेर दबाबरहित रहन चाहन्छ । विराटनगरलाई भने पहिलो खेलमा गरेको गल्ती दोहोर्‍याउने छुट हुने छैन ।

विराटनगरले भित्र्याएका न्युजिल्यान्डका चर्चित खेलाडी मार्टिन गप्टिलले आफ्नो पहिलो खेलमा बिहान खेल्दा ब्याटिङमा कठिनाइ भएको बताएका थिए । आज पनि विराटनगर र सुदूरपश्चिमबीचको खेल बिहान नौ बजेबाट सुरू हुनेछ । यो खेलमा टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने सम्भावना उच्च रहनेछ ।

पहिलो खेलपछि सतर्क भएको विराटनगरमा गप्टिल सहित, लोकेश बम, अकिब इलियास, निकोलस क्रितोन, प्रतीश जिसी लगायतका खेलाडी छन्। अघिल्लो खेलमा विराटनगरको ब्याटिङमा साझेदारी बन्न सकेको थिएन, आज भने शीर्षक्रमका ब्याटरले रन बनाउनु आवश्यक छ ।

यता जगत टमाटाको प्रशिक्षणमा ‍रहेको टोली सुदूरपश्चिममा विनोद भण्डारी, आरिफ शेख र दीपेन्द्र सिंह जस्ता घरेलु क्रिकेटका उत्कृष्ट ब्याटर छन् । उनीहरूलाई ब्रान्डन मक्मलेन र सेफ अली जेब जस्ता खेलाडीको साथ छ । पहिलो खेलमा महँगो र विकेटविहीन भएका सन्दिप लामिछानेले यी खेलाडीको विकेट लिनु आवश्यक हुनेछ ।

यता टी ट्वेन्टी अन्तर्राष्ट्रियका विश्व नम्बर दुई अलराउन्डर दीपेन्द्रसँगै न्युजिल्यान्डका स्कट गुलेगेइनले विराटनगरविरुद्ध घातक बलिङ गर्न सक्छन्। आरिफ सेख पनि यही टिममा छन् । यो खेल दीपेन्द्र ऐरी भर्सेस सन्दिप लामिछाने र प्रशिक्षक जगत टमाटा भर्सेस केभिन ओ ब्रायन विरुद्धको हुनेछ।

आजै दिउँसो एनपीएलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap