उवा संघको ५१ औं स्थापना दिवस, रक्तदान कार्यक्रमको आयोजना


लेखक : सुन्दराञ्चल      माघ १८, २०७८ मा प्रकाशित     
उवा संघको ५१ औं स्थापना दिवस, रक्तदान कार्यक्रमको आयोजना

कैलाली उद्योग बाणिज्य संघले आफ्नो ५१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम  गरेको छ । धनगढीमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरियको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।धनगढीमा केहिदिन यता रगतको निकै अभाव देखिएको छ ।

दिनहुँजसो सामाजिक संजाल र कयौ फोनहरु रगत ब्यबस्थापनका लागि आउने गरेको अध्यक्ष कुवरले बताए ।आज संकलन भएको रगतले केहीहदसम्म उपचारमा सहयोग पु¥याउने बताए । उनले  रक्तदान गर्ने ५१ जनालाई धन्यवाद समेत व्यक्त गर्दै आगामी दिनमा समेत यसरी नै सहयोग गरिरहन आग्रह समेत गरे ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले कोभिड–१९ र मौसमी बिरामीका कारण रगत आपूर्तिमा निकै समस्या भएको बताए । रक्तदाताहरुबाट उपलब्ध रगतले आवश्यकता पूरा नभएको बताउदै यसरी गरिने रक्तदानबाट रगतको केही समस्या समाधान हुने बताए ।

९६ औं पटक रक्तदान गरिसकेका स्वयंसेवी रक्तदाता एबम संचारकर्मी दीपक उपाध्यायले स्वयंसेवी रक्तदाता तथा सबै संघसंस्थाहरुलाई अहिलेको विषम परिस्थितिमा रगतको अभावमा कुनैपनी बिरामीको उपचारमा समस्या आउन नदिन सबैले रत्तदानगरीसहयोग गर्नुपर्ने बताए । उनले बेलाबेला रक्तदानका कार्यक्रमहरु गर्न सबैलाई आग्रह समेत गरे ।संघका कार्यसमिती सदस्य लगायतका व्यक्ति ले रक्तदान गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap